Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी

गोरखाको बुढीगण्डकी नदीमा आइतबार बिहानको बाढी चुम्चेत नजिक पहिरोले नदी थुनिएर बनेको अस्थायी अवरोध फुट्दा आएको हुनसक्ने प्रारम्भिक आकलन गरिएको छ ।
रासस ४५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २५, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २५ असोज : गोरखाको बुढीगण्डकी नदीमा आइतबार बिहानको बाढी चुम्चेत नजिक पहिरोले नदी थुनिएर बनेको अस्थायी अवरोध फुट्दा आएको हुनसक्ने प्रारम्भिक आकलन गरिएको छ ।

एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड) ले नेपालका सरकारी निकायबाट सार्वजनिक भएका प्रारम्भिक विवरणको समीक्षा गर्दै पहिरोले नदीको बहाव रोकेपछि बनेको अस्थायी अवरोध भत्किएर बाढी आएको हुन सक्ने जनाएको हो ।

इसिमोडका अनुसार आज (असोज २५ गते) बिहान नेपाली समयअनुसार करिब ४ बजे बाढी सुरु भएको अनुमान छ । बाढीले बुढीगण्डकी नदीको तटीय क्षेत्रमा लेदो, गेग्रान र अन्य भग्नावशेष बगाएको थियो । पानीको सतहमा उतारचढाव आएपछि बुढीगण्डकी, त्रिशूली र नारायणी नदी प्रणाली आसपासका बासिन्दालाई सतर्क गराइएको थियो ।

बाढीका कारण केही व्यक्ति बेपत्ता भएका, घर बगेका, पुलमा क्षति पुगेको तथा नदी किनारका पूर्वाधार प्रभावित भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । गोरखाको सल्लेरीस्थित ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्षेत्रमा समेत क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ भने खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र राहतका काम जारी छन् ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले रसुवा–ग्यिरोङ विपद्को केही समयपछि भएको यो घटनाले पर्वतीय क्षेत्रका समुदाय र नदी करिडोरमा रहेका बस्ती प्राकृतिक विपद्को उच्च जोखिममा रहेको पुनः देखाएको बताउनुभएको छ । “प्रतिकार्य अहिलेको प्राथमिकता हुनुपर्छ । तर, भविष्यमा यस्ता जोखिम न्यूनीकरण गर्न बाढी उत्पन्न हुनुको कारण बुझ्नु महत्त्वपूर्ण हुनेछ”, उहाँले भन्नुभयो ।

इसिमोडका जलवायु तथा वातावरणीय जोखिमसम्बन्धी रणनीतिक नेतृत्वकर्ता छियाङगङ झाङले प्रारम्भिक विश्लेषणले पहिरोले बनाएको अस्थायी नदी अवरोध फुटेर गेग्रानयुक्त बाढी आएको हुनसक्ने देखाएको बताउनुभयो । उहाँका अनुसार भिरालो पर्वतीय जलाधार क्षेत्रमा पहिरो र नदी प्रणालीको एकीकृत अनुगमन आवश्यक छ । यस्ता क्षेत्रमा विपद् छिटो विकसित हुनसक्ने र त्यसको प्रभाव नदीको तल्लो तटीय क्षेत्रसम्म पुग्नसक्ने भएकाले जोखिमको समग्र मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाइ छ ।

सन् २०२४ को बाढीसँग पनि समानता

बुढीगण्डकी क्षेत्रमा पछिल्लो बाढी सन् २०२४ को अप्रिलमा भएको अर्को ठूलो बाढीजन्य घटनापछि आएको हो । त्यतिबेला मनास्लु हिमनदीको अग्रभागबाट ठूलो हिमपहिरो खस्दा वीरेन्द्र तालको पानी विस्थापित भई बुढीगण्डकी नदीमा अचानक बहाव बढेको थियो ।

इसिमोडको नेतृत्वमा गरिएको विस्तृत अध्ययनले उक्त घटना हिमताल विस्फोटजन्य बाढी (ग्लोफ) नभई हिमपहिरोका कारण तालको पानी विस्थापित भएर आएको निष्कर्ष निकालेको थियो ।

यी दुई घटनाले हिमाली नदी प्रणालीमा विभिन्न प्रकारका प्राकृतिक प्रक्रियाले विनाशकारी बाढी निम्त्याउन सक्ने देखाएको इसिमोडले जनाएको छ । इसिमोडका अनुसार भविष्यमा जोखिम न्यूनीकरण, पूर्वाधार योजना तथा पुनःस्थापनाका काम गर्दा पहिरो, नदीको बहाव, जोखिममा रहेका बस्ती र पूर्वाधार तथा विपद्का श्रृङ्खलाबद्ध प्रभावलाई एकीकृत रूपमा ध्यान दिन आवश्यक छ ।

  • काठमाडौँ
  • गोरखा
  • पर्वत
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

    बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

  • Post Thumbnail

    कैलालीका किसान धानबाली भित्र्याउँदै

  • Post Thumbnail

    अन्तरराष्ट्रिय बालिका दिवसः विपन्न परिवारका किशोरी बालविवाहको जोखिममा

  • वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित

    Post Thumbnail

    चितवनका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

    राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित

    राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित

    बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

    बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution