Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित

राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले समाजका पूर्वअध्यक्ष एवं नेपाल सरकारको सचिवमा हालै बढुवा हुनुभएका राष्ट्रसेवक रुद्रसिंह तामाङलाई आज सम्मान गरेको छ ।
रासस १०२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २५, आईतबार (१ घण्टा अघि)
राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित

काठमाडौँ, २५ असोजः राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले समाजका पूर्वअध्यक्ष एवं नेपाल सरकारको सचिवमा हालै बढुवा हुनुभएका राष्ट्रसेवक रुद्रसिंह तामाङलाई आज सम्मान गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदस्थापन हुनुभएका तामाङलाई समाजका अध्यक्ष डा उदयबहादुर रानामगर, संस्थापक अध्यक्ष डा केदारनरसिंह केसी, नेपाल सरकारका पूर्वसचिवद्वय तुलसीप्रसाद थपलिया र रामप्रसाद थपलियालगायतले सफल कार्यकालको कामनासहित सम्मान प्रदान गर्नुभयो ।

सचिव तामाङले सरकारले दिएको जिम्मेवारीलाई इमानदरपूर्वक निर्वाह गर्ने सङ्कल्प गर्दै प्राप्त शुभकामना र बधाईप्रति आभार व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष एवं रक्षा मन्त्रालयका सहसचिव रानामगरले नुवाकोटको औद्योगिक पार्क बन्नसक्ने भएकाले त्यसका लागि उद्योग मन्त्रालयबाट पहल गर्न आग्रह गर्नुभयो । नुवाकोटमा हुने विकास निर्माणका लागि आफूहरुले जहाँ रहेर पनि समन्वय र सहजीकरण गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष डा केसी, सचिवद्वय सिटौला र थपलिया, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक डा मनोज केसी, राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्याल, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक पुष्पराज केसी, गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए), बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीलगायतले नजिकिँदै दसैँहित विभिन्न चाडपर्वको शुभकामना दिँदै सचिव तामाङलाई कार्यकाल सफलताको कामना गर्नुभयो ।

समाजका सचिव राजु प्याकुरेलले गत भदौ १० गतेको भोटेकोशी बाढीमा दिवङ्गत भएका नुवोट निवासी २० राष्ट्रसेवकका परिवारलाई समाजकातर्फबाट हालै प्रतिपरिवार रु २५ हजार राहत उपलब्ध गराइएको जानकारी दिनुभयो ।

समाजका कोषाध्यक्ष कृष्ण खतिवडाले नुवाकोटमा जन्म र बसोबास भई निजामती, सुरक्षा सङ्गठनसहित लोकसेवा आयोगबाट पदपूर्ति हुने सङ्गठित संस्थाका कर्मचारीलाई आफूहरुले सामाजिक रुपमा जोड्दै आएको बताउनुभयो ।

  • काठमाडौँ
  • नुवाकोट
  • नेपाल प्रहरी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

  • Post Thumbnail

    दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

  • Post Thumbnail

    चितवनका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

  • बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

    बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

    Post Thumbnail

    दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

    Post Thumbnail

    विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित

    Post Thumbnail

    चितवनका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution