Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धनगढी

कैलालीका किसान धानबाली भित्र्याउँदै

कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ । केही दिनअघि वर्षासँगै आएको हावाहुरीका कारण कतिपय किसानका खेतमा काटेको धानबाली पानीले भिज्नुुका साथै धान ढलेको थियो ।
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २५, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

धनगढी, २५ असोजः कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ । केही दिनअघि वर्षासँगै आएको हावाहुरीका कारण कतिपय किसानका खेतमा काटेको धानबाली पानीले भिज्नुुका साथै धान ढलेको थियो । किसानलाई पानीले क्षति भएको धानबाली स्याहार्न समस्या भएको थियो ।

मौसम फेरबदलले पाकेको धानबाली काट्न र भित्र्याउन असहज भएको थियो । तर हिजोआज घामलागेसँगै खेतमा पाकेको धानबाली भित्र्याउन किसानलाई भ्याइनभ्याइ छ । धनगढी उपमहानगरपालिका-३ बडहराको किसान भगतराम चौधरीले हिजोआज धान कटाइमा व्यस्त रहेको बताउनुभयो । खेती किसानीबाट खानलाउनसहित घर खर्चको जोहो गर्दै आउनुभएका उहाँले खेतमा धान लटरम्म पाकेर झर्ने अवस्थामा पुगेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न विग्रीने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

“हिजो आज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ”, चौधरीले भन्नुभयो, “झिसमिसे अध्याँरो समयसम्म खेतमै हुन्छौँ र बिहान सबेरै खेतमा जान्छौ ।” महान चाड बडादशैँ नजिकिएसँगै काम सकेर पर्व मनाउने उद्देश्यले किसानको व्यस्तता बढेको देखिन्छन ।

खेतमा धान काट्दै गरेका अर्का किसान सुकराम चौधरीले पनि खेतमा काटेको धान थ्रेसन गर्नको लागि पालो कुर्नु परेको बताउनुभयो । हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसानले यतिबेला आधुनिक उपकरण प्रयोग गरिरहेका छन् । किसान पहिले एकअर्कासँग पालोपैचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथ्ये भने हिजोआज ती परम्परा विस्थापित हुन थालेका छन् ।

नेपालीहरूको महान पर्व बडादसैँ आजदेखि सुरु भइसकेको छ । दसैँको दशमी तिथि आउन केही दिन मात्रै बाँकी छ । छिटोछिटो धानबाली भित्र्याएर पर्व मनाउने मनसायका साथ किसानहरू धानबाली भित्र्याउन आआफ्ना खेतमा सानादेखि ठूला घरपरिवारका सबै सदस्य जुटेका देखिन्छन् । थोरै खेत हुने किसानले थ्रेसर गरेर धान घरमा भित्र्याइसकेका छन् । किसानका खेतमा यस वर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा-४ लगायत विभिन्न उन्नत धानका जात बढी मात्रामा देखिन्छन् ।

  • कैलाली
  • धनगढी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

    बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

  • Post Thumbnail

    अन्तरराष्ट्रिय बालिका दिवसः विपन्न परिवारका किशोरी बालविवाहको जोखिममा

  • वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

  • पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल

    पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

    Post Thumbnail

    बाढीपीडितलाई लायन्सद्वारा २६ लाखको राहत सामग्री

    शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

    शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

    Post Thumbnail

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution