Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी भएको छ ।
रासस ३५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २५, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २५ असोजः आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी भएको छ । जारी लिग-२ मा नेपालको १२औँ जित हो । यो जितपछि नेपालले एकदिवसीय अन्तरराष्ट्रिय मान्यता जोगाउने सम्भावना बढेको छ ।

आज भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ दशमलव चार ओभरमा २११ रनमा अलआउट भयो । उसका लागि आरोन जोनसनले ४४, समित गोहेलले ३५, अखिल कुमारले अविजित ३०, श्रेयस मोभ्वा र हम्जा तारिकले २६/२६ रन जोडे ।

बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक देखिएन । नेपालका लागि बलिङतर्फ ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले दुई/दुई विकेट लिए । त्यसअघि मस्कटस्थित अल अमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सानदार पारी खेले । उनले १०७ बलमा आठ चौका र एक छक्कासहित १०१ रनको पारी खेलेका हुन् । यस्तै, गुलशन झाले ४८ बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रन जोडे । क्यानडाका लागि बलिङमा अखिल कुमारले सर्वाधिक चार विकेट लिए ।

यो जितपछि नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । नेपालले अहिलेसम्म ३३ खेलमध्ये १२ खेलमा जित र १९ खेलमा पराजय व्यहोरेको छ । यस्तै, नेपालले दुई खेलमा अङ्क बाँडेको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

    प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

  • बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा

    बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा

  • Post Thumbnail

    नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

  • धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता

    धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

    Post Thumbnail

    दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

    Post Thumbnail

    विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित

    Post Thumbnail

    चितवनका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution