Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भोजपुर

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी उदाहरण बन्नुभएको छ ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २५, आईतबार (१ घण्टा अघि)
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

भोजपुर, २५ असोजः वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी उदाहरण बन्नुभएको छ । करिब छ वर्ष मलेसियामा रोजगारी गरेर फर्किनुभएका अधिकारीले गाउँमै व्यावसायिक बाख्रापालन सुरु गरी वार्षिक करिब रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।

विदेशमा कमाएको पुँजी, सिकेको सीप र प्राप्त अनुभवलाई आफ्नै गाउँमा उपयोग गर्ने सोचले उहाँले पाँच वर्षअघि बाख्रापालन सुरु गर्नुभएको हो । अहिले बाख्रापालन उहाँको आम्दानीको महत्त्वपूर्ण आधार बनेको छ । कृषि तथा पशुपालनलाई मुख्य पेसाका रूपमा अघि बढाउँदै आउनुभएका अधिकारीले स्थानीय स्रोतसाधनको उपयोग गरेर गाउँमै राम्रो आम्दानी गर्न सकिने बताउनुभयो ।

“विदेशमा गएर काम गर्नुभन्दा आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने सोचले बाख्रापालन सुरु गरेको हुँ”, अधिकारीले भन्नुभयो, “मिहिनेत गर्ने हो भने गाउँमै पनि आम्दानीको राम्रो आधार बनाउन सकिन्छ ।”

विदेशमा लामो समय रोजगारी गरेपछि स्वदेश फर्किएका अधिकारीले पुनः विदेश जानुभन्दा आफ्नै गाउँमा उद्यम गर्ने बाटो रोज्नुभएको हो । बाख्रापालनका लागि आवश्यक घाँस, चरन तथा स्थानीय वातावरण अनुकूल रहेकाले पनि यो व्यवसायलाई निरन्तरता दिन सहज भएको उहाँको भनाइ छ ।

अरुण गाउँपालिका–७ सिक्रेटारले स्थानीय भूगोल र सम्भावनाअनुसार कृषि तथा पशुपालनलाई प्राथमिकता दिँदै आएको छ । वडाले व्यावसायिक रूपमा कृषि तथा पशुपालन गर्ने किसानलाई आवश्यक तालिमका साथै औजार तथा उपकरणमा सहयोग गर्दै आएको वडाध्यक्ष कुमार थापाले बताउनुभयो ।

“स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरेर किसानलाई उत्पादनसँग जोड्ने प्रयास भइरहेको छ”, वडाध्यक्ष थापाले भन्नुभयो, “विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै उद्यम गर्न प्रेरित गर्नसके रोजगारी र आम्दानीका अवसर बढाउन सकिन्छ ।”

स्थानीयस्तरमै कृषि तथा पशुपालनका सम्भावना रहेकाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई व्यावसायिक उत्पादनमा जोड्न सके गाउँको अर्थतन्त्रमा पनि योगदान पुग्ने स्थानीयको भनाइ छ । अधिकारीको बाख्रापालनले विदेशबाट फर्किएका युवाले आफ्नै गाउँमा उपलब्ध स्रोतसाधन र सीपको प्रयोग गरेर आम्दानीको आधार बनाउन सकिने देखाएको छ । बाख्रापालनबाट उत्पादन भएको गोठेमलको सदुपयोग गर्दै आँप, लिची, एभोकाडोलगायत फलफूलको पनि खेती गरिरहेको किसान अधिकारीले बताउनुभयो ।

  • भोजपुर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल

    पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल

  • Post Thumbnail

    चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन

  • Post Thumbnail

    पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

  • Post Thumbnail

    परराष्ट्रमन्त्री स्वदेश फिर्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    Post Thumbnail

    दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution