Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुनसरी

जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्छ: गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभएको छ ।
रासस ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १२, शनिबार (१ दिन अघि)
जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्छ: गृहमन्त्री गुरुङ

सुनसरी, १२ मङ्सिर: गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभएको छ ।

आज इटहरीमा आयोजित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभालाई सम्बोधन गर्दै उहाँले जनताभन्दा माथि नेता नभई जनतालाई सधैँ प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । जनताबाट निर्वाचित भएर जिम्मेवारीमा पुगेका नेताले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

जनताबाट निर्वाचित भएर पदमा पुगे पनि उनीहरूको सम्मान गर्न नसक्ने व्यक्तिले अर्कोपटक निर्वाचनमा उम्मेदवार बन्नुको औचित्य नरहने उहाँले बताउनुभयो । नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गृहमन्त्री गुरुङले कुनै पनि राजनीतिक दलमा आबद्ध भए पनि प्रत्येक नागरिकलाई सम्मान गर्नुपर्ने बताउनुभयो । पार्टी वा कुनै झन्डाभन्दा देश माथि रहेको उल्लेख गर्दै उहाँले युवा पुस्तालाई पनि यही भावना सिकाउनुपर्ने धारणा राख्नुभयो ।

नेपाली जनता र आफ्नो समुदायले गरेको विश्वासको सम्मान गर्दै देशमा सुशासन कायम गर्न र समृद्धि हासिल गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सुशासन र समृद्धिका लागि आवश्यक सबै प्रयास गरिने उल्लेख गर्दै उहाँले यसलाई इतिहासले दिएको अन्तिम अवसरका रूपमा लिएको बताउनुभयो ।

सुशासन र समृद्धिको अभियानमा प्रधानमन्त्री, मन्त्रिपरिषद्, आफ्नो पार्टीपङ्क्ति तथा अन्य राजनीतिक दलका नेताहरूको समेत साथ र सहकार्य रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कठिन परिस्थितिमा आफूलाई साथ र सहयोग गर्ने देश तथा विदेशमा रहेका सम्पूर्ण गुरुङ समुदायप्रति उहाँले आभार व्यक्त गर्नुभयो । समुदायले अप्ठ्यारो परिस्थितिमा दिएको साथ र जनताबाट प्राप्त आशीर्वादले आफूलाई अघि बढ्न प्रेरणा मिलेको उहाँको भनाइ थियो ।

  • मन्त्रिपरिषद्
  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह

    विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह

  • पहाडका सडक बसाइँको माध्यम बन्नुहुँदैनः मुख्यमन्त्री कार्की

    पहाडका सडक बसाइँको माध्यम बन्नुहुँदैनः मुख्यमन्त्री कार्की

  • Post Thumbnail

    लगानीमैत्री वातावरणका लागि कानुनी सुधार प्राथमिकतामाः परराष्ट्रमन्त्री

  • Post Thumbnail

    कांग्रेसका बाँकी जिल्ला र प्रदेश अधिवेशनको समय तालिका सार्वजनिक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

    सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

    Post Thumbnail

    निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागितामा जोड

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    साक्षरता कार्यक्रमले पठन तथा लेखन सीपमा सुधार

    साक्षरता कार्यक्रमले पठन तथा लेखन सीपमा सुधार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution