Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ ।
रासस ४७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार (२ घण्टा अघि)
प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

कास्की, ४ मङ्सिर: कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ ।

पोखरामा प्याराग्लाइडिङ व्यावसायिक उडान सुरु भएको करिब तीन दशकपछि दक्ष प्यारापाइलट उत्पादन गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक स्थापना गरिएको यस स्कुलले स्वदेशमै दक्ष प्यारापाइलट उत्पादनमा योगदान गर्नेछ ।

पोखरा साहसिक पर्यटनको विश्वप्रसिद्ध गन्तव्य हो । पोखरामा प्याराग्लाइडिङ पर्यटनलाई थप व्यवस्थित र विस्तार गर्ने उद्देश्यसहित एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले माछापुच्छ्रे गाउँपालिकासँगको सहकार्यमा रिभानस्थित मैँचेडाँडामा बिहीबारदेखि स्कुल सञ्चालनमा ल्याएको हो ।

पोखरामा व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु भएको लामो समय बितिसक्दा पनि दक्ष पाइलट उत्पादन गर्ने औपचारिक प्रशिक्षण स्कुलको थिएन । प्याराग्लाइडिङका अन्तरराष्ट्रिय खेलाडीसमेत रहनुभएका विजय गौतम, विष्ण्ॉ गौतम, किरण कार्की र अमृत अधिकारीले रु एक करोड ५० लाख लगानीमा स्कुल स्थापना गर्नुभएको हो । प्रशिक्षण केन्द्रका लागि अझै काम बाँकी रहेकाले लगानी अझै बढ्ने बताइन्छ ।

स्कुलका सञ्चालक विजय गौतमका अनुसार रिभानस्थित मैँचेडाँडाबाट उडान भरी मर्दीखोलाको किनारमा रहेको अनन्तठाँटीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ । समुद्री सतहबाट एक हजार ६८० मिटरको उचाइमा रहेको मैँचेडाँडा प्याराग्लाइडिङ उडानका लागि उपयुक्त स्थान मानिएको छ ।

यहाँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलासँगै माछापुच्छ्रे गाउँपालिकाका लाहाचोक, ल्वाङ, अस्तामलगायतका पर्यटकीय क्षेत्र तथा पोखरा उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । “हिमालको सुन्दर दृश्यसँगै उडानको अनुभव लिन सकिने भएकाले रिभानलाई प्याराग्लाइडिङ स्कुलका लागि छनोट गरेका हौँ । लामो प्रक्रियापछि यो सम्भव भएको हो । यसबाट विशेषगरी दक्ष पाइलट उत्पादनमा सहयोग पुग्नेछ भने आगामी दिनमा व्यावसायिक उडानको समेत ढोका खुल्नेछ”, सञ्चालक गौतमले भन्नुभयो ।

स्कुलले प्रारम्भिक १५ दिने तालिमदेखि इन्टरमिडियट, क्रस कन्ट्री तथा टेन्डमका टी–वान र टी–टु तहसम्मका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । एक सत्रमा छ जनालाई प्रशिक्षण दिने व्यवस्था मिलाइएको गौतमले जानकारी दिनुभयो ।

हाल पोखरामा ५४ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् । ४०० जनाले पाइलटको लाइसेन्स लिएकामा २५० जना विभिन्न कम्पनीमा कार्यरत रहेको नेपाल हवाई खेलकुद संस्था (ना)का पूर्वअध्यक्ष कृष्ण भण्डारीले बताउनुभयो । पोखराको प्याराग्लाइडिङ हाल सराङकोबाट सञ्चालन हुँदै आएको छ ।

प्याराग्लाइडिङका लागि अन्तरराष्ट्रियस्तरमा परिचित पोखरामा पाइलट उत्पादन गर्ने प्रशिक्षण स्कुल स्थापना हुनु यस क्षेत्रको दीर्घकालीन विकासका लागि महत्वपूर्ण उपलब्धि भएको भण्डारीको भनाइ छ ।

“प्याराग्लाइडिङ व्यवसायलाई दिगो बनाउन बर्सेनि दक्ष पाइलट उत्पादन हुनु आवश्यक छ । पोखरामा यसअघि प्रशिक्षण केन्द्र थिएनन् । यहीँ स्कुल स्थापना भएपछि यस क्षेत्रलाई आवश्यक जनशक्ति उत्पादनमा विशेष सहयोग पुग्नेछ भने विदेशी पर्यटकसमेत यहाँ आएर प्रशिक्षण लिन सक्नेछन्”, भण्डारीले भन्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पोखराको सराङकोटपछि रिभान पनि प्याराग्लाइडिङको अर्को आकर्षक गन्तव्यका रूपमा विकास हुनसक्ने बताउनुभयो । प्याराग्लाइडिङले पोखराको पर्यटन र समृद्धिमा पुर्‍याएको योगदान माछापुच्छ्रे गाउँपालिकासम्म विस्तार हुने उहाँको विश्वास छ ।

“प्रदेश सरकारले यहाँ पूर्वाधारलगायतका क्षेत्रमा लगानी गरेको छ । प्याराग्लाइडिङको विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा आगामी दिनमा पनि सहयोग गर्नेछौँ”, उहाँले भन्नुभयो ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनले स्थानीय पर्यटन प्रवर्द्धनसँगै आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विगतमा पदयात्रा मार्गका रूपमा परिचित रिभान पछिल्लो समय ओझेलमा परेको उल्लेख गर्दै उहाँले यस क्षेत्रको विकासमा गाउँपालिकाले ध्यान दिने बताउनुभयो ।

माछापुच्छ्रे गाउँपालिका–५ का वडाध्यक्ष नारायण पौडेलले रिभानको प्याराग्लाइडिङस्थलमा पर्यटन विकासको प्रशस्त सम्भावना रहेको बताउनुभयो । वडाको पहलमा प्रदेश सरकारको सहयोगमा सहिद पार्क निर्माण गरिएको उल्लेख गर्दै उहाँले पर्यटकको बसाइ लम्ब्याउन ओदानेसम्मको पर्यटकीय मार्ग स्तरोन्नति गरी खुमैसम्म जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढिरहेको अवस्थामा दक्ष जनशक्ति उत्पादन, नयाँ उडानस्थलको विकास र ग्रामीण पर्यटन विस्तारका दृष्टिले रिभानमा खुलेको स्कुल महत्वपूर्ण छ । यसबाट समग्र माछापुच्छ्रे गाउँपालिकाले लाभ लिन सक्छ”, वडाध्यक्ष पौडेलले भन्नुभयो ।

माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले गाउँपालिका पदयात्रा पर्यटनसँगै साहसिक पर्यटनमा समेत सम्भावना बोकेको क्षेत्र भए पनि यसको विकासका लागि प्रदेश तथा सङ्घीय सरकारबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको बताउनुभयो ।

स्थानीय समाजसेवी यामबहादुर गुरुङले प्याराग्लाइडिङ स्कुल सञ्चालनले पर्यटक आगमन बढाउनुका साथै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्ने विश्वासमा आफूहरू रहेको बताउनुभयो । यसले गाउँ छाडेर बाहिरिएका स्थानीयलाई समेत गाउँ फर्किएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सक्ने उहाँको भनाइ छ । “गाउँका अधिकांश बजार झरेपछि अहिले रिभान गाउँ रित्तो भएको छ । अब गाउँमै सम्भावना बढेपछि गाउँ छाडेर गएका पनि आफ्नै थातथलोमा फर्केलान् भनेर खुसी भएका छौँ”, गुरुङले भन्नुभयो ।

रिभानको मैँचेडाँडा पुग्न पोखराबाट जीपमा एक घण्टा यात्रा गर्नुपर्छ । लाहाचोकको पातीखोला पुगेपछि डाँडा चढ्नुपर्छ । डाँडामा पुगेपछि देखिने दृश्यले सबैलाई मोहित पार्ने गरेको छ ।

  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

  • भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

    भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

  • सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

    सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

  • विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

    विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

    Post Thumbnail

    ‘नेपालको आर्थिक विकास र समृद्धिका पक्षमा चीन’

    दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

    दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

    भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

    भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution