Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

‘नेपालको आर्थिक विकास र समृद्धिका पक्षमा चीन’

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले घनिष्ठ छिमेकी देश नेपालको आर्थिक विकाससहित समृद्धिका पक्षमा सक्दो सहयोग गर्न चीन तयार रहेको बताउनुभएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार (२२ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, ४ मङ्सिर: नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले घनिष्ठ छिमेकी देश नेपालको आर्थिक विकाससहित समृद्धिका पक्षमा सक्दो सहयोग गर्न चीन तयार रहेको बताउनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको गत महिना बेइजिङमा सम्पन्न २०औँ केन्द्रीय कमिटीको बैठक र सेन्जेनमा भएको ३३औँ एसिया प्रशान्त क्षेत्रीय आर्थिक सहयोग (एपेक) बैठकसहित समसामयिक विषयमा बिहीबार काठमाडौँस्थित आमसञ्चारमाध्यमका सम्पादकहरूसँग भएको छलफलका क्रममा राजदूत झाङले नेपाल सदैव चीनको प्राथमिकतामा रहेको बताउनुभयो ।

राजदूत झाङले स्वास्थ्य, शिक्षा, सडक सञ्जाल, उद्योग, व्यापार, ऊर्जालगायतका क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएकामा आगामी दिनमा पनि प्राथमिकतासाथ नेपाललाई सहयोग गर्ने चीनको नीति रहेको स्पष्ट गर्नुभयो ।

गत भदौमा भोटेकोशी नदीमा गएको बाढीले दुवैतर्फ जनधनको अपूरणीय क्षति पुर्‍याएको बताउँदै विपद्को त्यस घडीमा उद्धार, राहत वितरण, पुन:स्थापना, पुनर्निर्माण तथा मानवीय सहयोगका क्षेत्रमा नेपालसँग सहकार्य गरेको उहाँले स्मरण गर्नुभयो ।

चीन–नेपाल मित्रताको प्रतीकका रूपमा रहेको अरनिको राजमार्गस्थित तातोपानीनाका भूबनावटका दृष्टिले जोखिमपूर्ण अवस्थामा रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूत झाङले आगामी हप्तादेखि अस्थायी रूपमा सो नाका सञ्चालन गर्ने सन्दर्भमा तयारी भइरहेको जानकारी दिनुभयो । उहाँँले भन्नुभयो, “नियमित रूपमा सो नाका सञ्चालन गर्न सकिँदैन, अर्काे वैकल्पिक व्यवस्था नभएसम्मका लागि हप्तामा एक–दुई दिन सञ्चालन गर्नका लागि आवश्यक तयारी भइरहेको छ ।”

उहाँले कोरोलानाका जोड्ने सडकखण्डको जोमसोमसम्म कालोपत्र गरी स्तरोन्नति गर्ने काम भइरहेको उल्लेख गर्दै काठमाडौँबाट नजिक पर्ने रसुवागढीनाका सञ्चालनका लागि नेपाल सरकारबाट औपचारिक प्रस्ताव प्राप्त भएपछि सोहीअनुसार प्रक्रिया अघि बढ्ने स्पष्ट गर्नुभयो ।

पछिल्लो समय नेपालमा शक्तिशाली सरकारसहित राजनीतिक स्थिरता कायम भएको र भ्रष्टाचार नियन्त्रण तथा सुशासनको पक्षमा सरकार कठोर रहेकाले विकास निर्माण एवं समृद्धिका लागि अहिले नेपालमा अनुकूल वातावरण सिर्जना भएको उहाँले बताउनुभयो ।

स्पष्ट कार्ययोजनासहित असल मनसायका साथ राम्रो काम गरी जनताको विश्वास जित्न नेपाल सरकार क्रियाशील रहेको तथा परराष्ट्र सम्बन्ध विस्तारलाई जोड दिएको राजदूत झाङको भनाइ थियो ।

चीन–नेपालबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत र प्रगाढ तुल्याउन हाम्रा सरकार, राजनीतिक पार्टी र जनताबीचको सम्बन्धलाई अझ विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्दै राजदूत झाङले सोही सन्दर्भमा नेपालको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासम्मिलित संसदीय टोली, राष्ट्रसेवक कर्मचारी, पेसागत तथा नागरिक सङ्घसंस्थाका प्रतिनिधिहरू अनुभव आदानप्रदानका क्रममा अहिले चीन भ्रमणमा रहेको जानकारी दिनुभयो ।

यसैगरी, चिनियाँ कम्युनिष्ट पार्टीको गत महिना सम्पन्न केन्द्रीय कमिटीको बैठकले सात मुख्य सिद्धान्तमा आधारित भई जनतालाई केन्द्रमा राखेर पार्टीभित्र प्रजातान्त्रिक मूल्य, मान्यतालाई आत्मसात् गरेको, भ्रष्टाचार नियन्त्रण र सुशासनलाई जोड दिएको र सुदृढ तथा प्रभावकारी प्रजातान्त्रिक केन्द्रवादलाई विश्वास गरेको उहाँले जानकारी दिनुभयो ।

बैठकले सन्तुलित कूटनीति, कठोर अनुशासन, कुशल व्यवस्थापन, राजनीतिक प्रतिबद्धता, अथक परिश्रम, ज्ञानसहित सूचना र प्रविधिमा आधारित कार्यसम्पादनजस्ता पक्षलाई आत्मसात् गर्दै विकास र समृद्धिलाई जोड दिएको राजदूत झाङले बताउनुभयो ।

त्यस्तै, संयुक्त राज्य अमेरिकाको राष्ट्रिय तथा अन्तरराष्ट्रिय भूमिका, रुस–युक्रेनबीच जारी युद्ध, इजराइल–इरानबीचको द्वन्द्वसहित त्यसले आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको असरलगायत विश्वव्यापी घटनाक्रमका बीच चीनको सेन्जेजनमा बिहीबार सम्पन्न एपेक बैठकलाई विश्वजगत्ले महत्वका साथ हेरिरहेको बताउनुभयो । राजदूत झाङले विश्व शान्ति, स्थायित्व र समृद्धिका पक्षमा विशेषगरी चीन, अमेरिका र रुसका राष्ट्रपति सम्मिलित ‘एपेक’ बैठक कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

  • काठमाडौँ
  • रसुवा
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    नेपाल–भारत व्यापारिक सम्बन्ध सुदृढ बनाउनुपर्नेमा जोड

  • Post Thumbnail

    आगलागीबाट बालआश्रममा एक करोड बढीको क्षति

  • Post Thumbnail

    पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

  • Post Thumbnail

    मधेसलाई सरकारले विशेष प्राथमिकतामा राखेको छः मन्त्री लम्साल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

    Post Thumbnail

    ‘नेपालको आर्थिक विकास र समृद्धिका पक्षमा चीन’

    दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

    दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

    भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

    भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution