Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भुरीगाउँ

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने भएसँगै त्यसको तयारी तीव्र पारिएको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार (१ घण्टा अघि)
दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

भुरीगाउँ (बर्दिया), ४ मङ्सिरः कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने भएसँगै त्यसको तयारी तीव्र पारिएको छ । प्रतियोगिताअन्तर्गत बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र टेनिस खेल हुँदैछन् ।

ती खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार मर्मत तथा व्यवस्थापनलाई तीव्रता दिइएको साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले जानकारी दिनुभयो ।

अहिले नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरीमा रङरोगन र टायल परिवर्तन गर्ने तथा आवश्यक मर्मतसम्भारका काम भइरहेका छन् । पौडी पोखरीको अवस्था सामान्यतः राम्रो भए पनि बाहिरी भागका टायल उप्किएको र रङरोगन आवश्यक रहेकाले सुधारको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।

यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिकाको भुरीगाउँस्थित खोखो कभर्ड हललाई प्रतियोगिताका लागि तयार पारिएको छ । बर्दियामा खोखोसँगै टेनिस प्रतियोगिता पनि हुनेछ । टेनिस गुलरियास्थित कभर्ड हलमा हुनेछ । दुवै खेलस्थलमा आवश्यक मर्मत तथा पूर्वाधार व्यवस्थापनको काम अघि बढाइएको छ ।

दशौँ खेलकुदअन्तर्गत यही मङ्सिर ८ गतेदेखि विभिन्न विधामा प्रतिस्पर्धा हुँदैछन् । राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन भने यही मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ ।

प्रतियोगितामा ३२ खेलका ३८४ इभेन्ट्स समावेश छन् । सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका खेल कर्णाली प्रदेशका पाँच र लुम्बिनी प्रदेशका दुई जिल्लामा हुँदैछन् । सुर्खेतमा २३ खेल आयोजना हुँदा नेपालगन्ज, बर्दिया र सल्यानमा समान दुई–दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा एक–एक खेल सञ्चालन हुनेछन् ।

बर्दियाको भुरीगाउँमा यही मङ्सिर १९ देखि २३ गतेसम्म खोखो प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी हुनेछन् । यसका लागि प्रदेश तथा विभागीय टोलीको छनोट भइसकेको छ ।

लुम्बिनी प्रदेश खोखो सङ्घका महासचिव तथा प्रशिक्षक खगेन्द्र शाहीले लुम्बिनी प्रदेशको टोली छनोट भइसकेको जानकारी दिनुभयो । अन्य प्रदेशले पनि खेलाडी छनोट गरिसकेका छन् । विभागीय टोलीहरूसमेत प्रतियोगिताका लागि तयार छन् ।

भुरीगाउँस्थित कभर्ड हल खोखो खेलका लागि निर्माण गरिएको नेपालकै सुविधासम्पन्न हलमध्ये एक हो । म्याटसहितको सुविधा रहेको यस हलमा रङरोगन तथा आवश्यक मर्मतसम्भारको काम भइसकेको छ ।

ठाकुरबाबा नगर खेलकुद विकास समितिका अध्यक्ष तीर्थबहादुर खड्काका अनुसार कभर्ड हलमा बत्ती तथा अन्य आवश्यक व्यवस्थापनको काम पूरा भइसकेको छ । तर, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला प्रयोग गरिएको म्याट भने पुरानो र जीर्ण अवस्थामा छ । उक्त म्याट करिब एक दशक पुरानो भएकाले नयाँ खरिद गनुपर्ने उहाँको भनाइ छ ।

बर्दिया हुने प्रतियोगिताका तयारीको लागि राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेशस्तरीय प्राविधिक टोलीले पटक–पटक अनुगमन गरिसकेका छन् ।

बर्दिया खेलकुद विकास समितिका पूर्वअध्यक्ष खगेन्द्र खनाल प्रतियोगिता भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय सरकार, खेलकुद विकास समिति तथा सरोकारवाला निकाय आ–आफ्नो क्षेत्रबाट जुटिरहेको बताउनुहुन्छ ।

यसैगरी बाँकेको नेपालगन्जस्थित रङ्गशालामा पौडी र सुटिङ प्रतियोगिता सञ्चालन हुनेछन् । पौडी यही मङ्सिर ८ र सुटिङ मङ्सिर १६ गतेदेखि सुरु हुने तालिका छ । पौडी पोखरीको निरीक्षण गर्न शनिबार प्राविधिक टोलीले नेपालगन्ज आउने तयारी गरेको प्रमुख चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुटिङ रेन्जमा बिग्रिएका १० वटा उपकरण मर्मतका लागि विदेशबाट पाटपूर्जा मगाइसकिएको छ । ती सामान आइपुगेपछि जडान गरेर सुटिङ रेन्जलाई प्रतियोगिताका लागि पूर्ण रूपमा तयार पारिने चन्दले बताउनुभयो ।

दशौँ राष्ट्रिय खेलकुदमा व्यक्तिगततर्फ स्वर्ण पदक विजेताले रु २० हजार, रजत विजेताले रु १५ हजार र कास्य विजेताले रु आठ हजार पुरस्कार पाउनेछन् । टोली स्पर्धामा स्वर्ण जित्नेले रु १५ हजार, रजतले रु १० हजार र कास्यले रु आठ हजार प्राप्त गर्नेछन् ।

कर्णाली प्रदेशलाई मुख्य आयोजनास्थल बनाएर सञ्चालन हुन लागेको प्रतियोगिताका केही खेल लुम्बिनी प्रदेशमा समेत आयोजना हुनुले यस क्षेत्रका खेल पूर्वाधारको उपयोग र खेल गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । राष्ट्रियस्तरको प्रतियोगिता आफ्नै क्षेत्रमा आयोजना हुँदा स्थानीय खेलाडीले घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।

  • बर्दिया
  • बाँके
  • भुरीगाउँ
  • रुकुम
  • सल्यान
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    नेपाली क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्डमा छ खेल खेल्ने

  • Post Thumbnail

    आयोजकलाई ६–० ले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा

  • Post Thumbnail

    सुदूरपश्चिम लगातार तेस्रोपटक एनपिएलको फाइनलमा

  • Post Thumbnail

    चितवनले सुदूरपश्चिमसामु १३४ रनको लक्ष्य प्रस्तुत

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

    Post Thumbnail

    ‘नेपालको आर्थिक विकास र समृद्धिका पक्षमा चीन’

    दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

    दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

    भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

    भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution