Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

नेपालले जलवायु परिवर्तनबाट प्रभावित हिमाली तथा पर्वतीय क्षेत्रका सवाललाई अन्तरराष्ट्रिय जलवायु वार्ताको केन्द्रमा स्थापित गर्न कोप–३१ मा विशेष पहल गरेको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार (१ घण्टा अघि)
भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

काठमाडौँ, ४ मङ्सिर: नेपालले जलवायु परिवर्तनबाट प्रभावित हिमाली तथा पर्वतीय क्षेत्रका सवाललाई अन्तरराष्ट्रिय जलवायु वार्ताको केन्द्रमा स्थापित गर्न कोप–३१ मा विशेष पहल गरेको छ ।

पर्वतीय क्षेत्रको जलवायु जोखिम, भोटेकोशी बाढीको क्षति, जलवायु न्याय र अनुकूलनका सवाललाई नेपालले यस सम्मेलनमा प्राथमिकताका साथ उठाएको हो । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोप–३१ सम्मेलनमा अवस्थित नेपाल पेभिलियनको बिहीबार समापन कार्यक्रममा नेपालको पर्वतीय एजेन्डा केवल नेपालको सरोकार नभई विश्वव्यापी जलवायु सङ्कटसँग जोडिएको साझा मुद्दा भएको बताउनुभएको मन्त्रालयले जनाएको छ ।

“नेपाल अन्ताल्यामा हिमालसम्बन्धी स्पष्ट एजेन्डाका साथ आएको थियो । यो पेभिलियन हाम्रा पीडा, सवाल र एजेन्डाहरू साझा गर्ने साझा मञ्च बनेको छ”, उहाँले भन्नुभयो ।

मन्त्री चौधरीले आफू कोप प्रक्रियामा सहभागी हुँदा मन्त्रीका रूपमा मात्र नभई पर्वतीय एजेन्डालाई अन्तरराष्ट्रिय जलवायु बहसमा समावेश गर्न चाहने लाखौँ नेपाली जनताको प्रतिनिधिका रूपमा उपस्थित भएको बताउनुभयो । रसुवा–भोटेकोशी बाढीबाट प्रभावित जनताको आवाजलाई अन्तरराष्ट्रिय समुदायसमक्ष पुर्‍याउनु पनि आफ्नो जिम्मेवारी भएको उहाँको भनाइ थियो ।

उहाँले भोटेकोशी बाढीमा ज्यान गुमाएका सबै नेपाली र विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका परिवार, आफन्त तथा सम्बन्धित देशप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट समवेदना व्यक्त गर्नुभयो ।

नेपालमा पर्यटक, कामदार, विज्ञ, इन्जिनियर, लगानीकर्ता तथा पूर्वाधार निर्माणका साझेदारका रूपमा आएका विदेशी नागरिकको मृत्यु नेपाल र उहाँहरूका गृहदेश दुवैका लागि साझा क्षति भएको मन्त्री चौधरीले उल्लेख गर्नुभयो । “यस त्रासदीबाट सिकेर र भविष्यमा यस्ता विपद् रोकथामका लागि काम गरेर हामी उहाँहरूको स्मृतिलाई सम्मान गर्नेछौँ”, मन्त्री चौधरीले भन्नुभयो ।

भोटेकोशी बाढी नेपालका लागि मात्र नभई विश्व समुदायका लागि पनि एउटा चेतावनी भएको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तन नेपाली जनताले प्रत्यक्ष भोगिरहेको यथार्थ भएको बताउनुभयो । उहाँका अनुसार पर्वतीय क्षेत्रमा देखिने जलवायुजन्य जोखिमले हिमालदेखि तल्लो तटीय क्षेत्रसम्मका समुदायलाई प्रभावित पार्दछ ।

पर्वतीय एजेन्डाका लागि अन्तरराष्ट्रिय पैरवी

मन्त्री चौधरीले कोप–३१ का क्रममा नेपालको पर्वतीय एजेन्डालाई प्रभावकारी बनाउन विभिन्न देशका मन्त्री, जलवायु वित्तसम्बन्धी संयन्त्रका प्रमुख, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा अन्य अन्तरराष्ट्रिय संस्थाका प्रतिनिधिसँग द्विपक्षीय छलफल गरिएको जानकारी दिनुभयो ।

उहाँले नेपालको तर्फबाट वार्तामा सहभागी मन्त्री, सांसद, विज्ञ, सञ्चारकर्मी तथा विभिन्न प्रतिनिधिमण्डलका सदस्यले गरेको योगदानको प्रशंसा गर्नुभयो । वार्ताका क्रममा कठिन विषयमा सहमति जुटाउन प्रतिनिधिहरूले लामो समयसम्म काम गरेको उल्लेख गर्दै उहाँले उनीहरूको धैर्य, लगनशीलता र प्रतिबद्धताले बहुपक्षीय प्रक्रियालाई अघि बढाउन सहयोग पुगेको बताउनुभयो ।

मन्त्री चौधरीले टर्किए सरकार र कोप–३१ अध्यक्षता, विकास साझेदार, अन्तरराष्ट्रिय संस्था, नागरिक समाज, युवा, निजी क्षेत्र तथा नेपाल पेभिलियनको व्यवस्थापनमा संलग्न टोलीलाई धन्यवाद दिनुभयो ।

उहाँले जलवायु सङ्कटको सामना कुनै पनि समुदायले एक्लै गर्न नपरोस् भन्ने साझा प्रतिबद्धताका साथ सम्मेलनबाट फर्कन सबै प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

नेपाल पेभिलियनमा ४७ कार्यक्रम

कोप–३१ अन्तर्गत नोभेम्बर ९ देखि १९ सम्म नेपाल पेभिलियनमा जलवायु परिवर्तनसँग सम्बन्धित ४७ वटा कार्यक्रम आयोजना भएका छन् । ती कार्यक्रममा उपलब्ध विवरणअनुसार २८८ जना वक्ताको सहभागिता रहेको थियो ।

वक्तामध्ये १७१ पुरुष र ११७ महिला थिए भने राष्ट्रियताका आधारमा १३३ नेपाली र १५५ विदेशी संस्थामा आबद्ध वक्ता सहभागी भएका थिए । पेभिलियनका छलफलमा नेपाली विज्ञ तथा सरोकारवालासँगै विभिन्न देशका प्रतिनिधि, अनुसन्धानकर्ता र अन्तरराष्ट्रिय संस्थाका विज्ञहरूको सहभागिता रहेको थियो ।

पर्यावरण मन्त्रालयको नेतृत्वमा स्थापना गरिएको नेपाल पेभिलियनमा सरकारी निकाय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, अनुसन्धान संस्था र विकास साझेदारहरूले विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए ।

पर्यावरण मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय प्रकृति संरक्षण कोष, वन विभाग, जल तथा मौसम विज्ञान विभाग, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), एसियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व स्वास्थ्य सङ्गठन, अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्थान, अन्तरराष्ट्रिय कृषि अनुसन्धान परामर्श समूह, प्राक्टिकल एक्सन, हेफर इन्टरनेसनल, अक्सफाम, सेभ द चिल्ड्रेन, क्रिएसन, एनजीओ फेडेरेसन अफ नेपाल र प्राकृति रिसोर्सेस सेन्टरलगायत संस्थाले नेपाल पेभेलियनमा विभिन्न विषयका कार्यक्रम आयोजना गरेका थिए ।

जलवायु वित्तदेखि भोटेकोशी विपद्सम्मका विषयमा छलफल

पेभिलियनमा जलवायु उत्थानशील खाद्य प्रणाली, स्वास्थ्य, ऊर्जा पूर्वाधार, पूर्वसूचना प्रणाली, जीवाश्म इन्धनबाट न्यायोचित रूपान्तरण, शून्य फोहर, हिमाली क्षेत्रको संरक्षण, हरित हाइड्रोजन तथा हरित युरिया, कार्बन बजार र जलवायु वित्तका विषयमा छलफल भएका थिए ।

त्यसैगरी, जलवायु परिवर्तनका कारण हुने मानव आवागमन, हिमाली क्षेत्रमा विपद् जोखिम न्यूनीकरण, जलवायु उत्थानशील शिक्षा, महिलाले व्यहोर्नुपरेको जलवायुजन्य क्षति तथा आर्थिक र गैरआर्थिक हानि तथा नोक्सानीका विषयका पनि कार्यक्रम भएका थिए ।

  • काठमाडौँ
  • पर्वत
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

  • प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

    प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

  • सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

    सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

  • विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

    विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

    Post Thumbnail

    ‘नेपालको आर्थिक विकास र समृद्धिका पक्षमा चीन’

    दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

    दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

    भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

    भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution