
जनकपुर, २७ कात्तिकः विदेह नगरपालिका–८ बफै गाउँको चन्द्रोदय पुस्तकालयले २७ वर्षदेखि ग्रामीण क्षेत्रमा पठन संस्कृति र शैक्षिक चेतना अभिवृद्धि गर्दै शिक्षाको ज्योति फैलाएको छ ।
पुस्तकालयको २७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले ग्रामीण क्षेत्रमा शिक्षा र चेतनाको विकासमा पुस्तकालयको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणका निर्देशक सूर्यनारायण मण्डलले आधुनिक प्रविधिको विकाससँगै पुस्तकालयलाई पनि ‘डिजिटाइज’ गर्नुपर्नेमा जोड दिनुभयो ।
पुस्तकालयका संस्थापक अध्यक्ष ठकुप्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घका वरिष्ठ उपाध्यक्ष जगदीश साह, स्थानीय शिक्षक ब्रह्मदेव साहले पठन संस्कृतिबाट युवापुस्ता विमुख भएकामा चिन्ता व्यक्त गर्नुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |