Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २६, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
हुम्ला

विद्यालय सञ्चालन गर्न देउसीभैलोबाट जुट्यो दुई लाख

हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देबल आधारभूत विद्यालयले तिहारको अवसरमा सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट रु दुई लाख १७ हजार ५७५ सङ्कलन गरेको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २६, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

हुम्ला, २६ कात्तिकः हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देबल आधारभूत विद्यालयले तिहारको अवसरमा सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट रु दुई लाख १७ हजार ५७५ सङ्कलन गरेको छ ।

विद्यालयको शैक्षिक विकास तथा प्रस्तावित माध्यमिक तह सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले सञ्चालन गरिएको देउसीभैलो कार्यक्रमबाट जैर, छिडीनात्ता, लुम र तुम्च क्षेत्रबाट उक्त रकम सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक मदन बुढाले बताउनुभयो । उहाँका अनुसार देउसीभैलो कार्यक्रम औपचारिक रूपमा रोकिए पनि विभिन्न व्यक्ति तथा सहयोगदाताले अहिले पनि विद्यालयलाई आर्थिक सहयोग गरिरहेको बताउनुभयो । विद्यालयको शैक्षिक उन्नति र माध्यमिक तह सञ्चालनका लागि सहयोग गर्न उहाँले सबैलाई अपिलसमेत गर्नुभयो ।

सङ्कलित रकम यसै शैक्षिकसत्रबाट सञ्चालन गरिएको प्रस्तावित माध्यमिक विद्यालय सञ्चालन तथा माध्यमिक तहका शिक्षक व्यवस्थापनमा खर्च गर्ने मुख्य उद्देश्य रहेको प्रधानाध्यापक बुढाले बताउनुभयो । माध्यमिक तहको पठनपाठन सञ्चालन गर्न आवश्यक शिक्षक व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउन देउसीभैलो कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।

ग्रामीण क्षेत्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा माध्यमिक तहको शिक्षा आफ्नै गाउँमा उपलब्ध गराउने लक्ष्यसहित स्थानीयवासी र सहयोगदाताको सहभागितामा आर्थिक स्रोत जुटाउने प्रयास भइरहेको छ । यस विद्यालयबाट नजिकको सरस्वती माध्यामिक विद्यालय सोही वडामा रहेको छ तर उक्त विद्यालयबाट करिब तीन घण्टाभन्दा बढी समय लाग्छ ।

यहाँका अविभावक अनिवार्य माध्यामिक विद्यालय सञ्चालन गर्नुपर्ने प्रस्ताव आएपछि गएको फागुनबाट मात्र माध्यामिक तह (९–१०) सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकृष्ण शाहीले बताउनुभयो । तिहारको सांस्कृतिक परम्परालाई विद्यालयको शैक्षिक विकाससँग जोड्दै सञ्चालन गरिएको यस अभियानले प्रस्तावित माध्यमिक विद्यालय सञ्चालनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

  • हुम्ला
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ

    आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ

  • Post Thumbnail

    दिवंगत अभिभावकको स्मृतिमा विद्यालयलाई आर्थिक सहयोग

  • मातृभूमि पुस्तकालयलाई दुई लाख सहयोग

    मातृभूमि पुस्तकालयलाई दुई लाख सहयोग

  • कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

    कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ

    आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ

    Post Thumbnail

    कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी

    Post Thumbnail

    विद्यालय सञ्चालन गर्न देउसीभैलोबाट जुट्यो दुई लाख

    Post Thumbnail

    साठी हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution