Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २७, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
अन्ताल्या

जलवायु नेतृत्वलाई पहिचान गर्न नेट–जिरो मान्यता

‘नेट–जिरो रिकग्निसन फ्रेमवर्क’ (एनजेडआरएफ) आज कोप–३१ सम्मेलनमा सार्वजनिक गरिएको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २७, शुक्रबार (५७ मिनेट अघि)
Post Thumbnail

अन्ताल्या, (टर्किए) २६ कात्तिकः ‘नेट–जिरो रिकग्निसन फ्रेमवर्क’ (एनजेडआरएफ) आज कोप–३१ सम्मेलनमा सार्वजनिक गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयले गैरराज्य पक्षका निकायको जलवायु नेतृत्वलाई पहिचान तथा प्रोत्साहन गर्न सार्वजनिक भएको हो ।

गैरराज्य पक्षका निकायले शून्य खुद कार्बन उत्सर्जन (नेट–जिरो) हासिल गर्न अघि बढाएका विविध प्रयासलाई पारदर्शी बनाउने र उनीहरूको नेतृत्वलाई पहिचान गर्ने उद्देश्यले यो ढाँचा ल्याइएको सचिवालयले जनाएको छ ।

उक्त स्वेच्छिक ढाँचाले व्यवसाय, वित्तीय संस्था, सहर, क्षेत्रीय सरकार तथा अन्य गैरराज्य पक्षका निकायलाई नेट–जिरो प्रतिबद्धताका आधारमा तय गरिएका मापदण्ड र लक्ष्य प्राप्तिका लागि भएका प्रगति सार्वजनिक गर्ने अवसर प्रदान गर्नेछ ।

सन् २०१४ देखि गैरराज्य पक्षको जलवायु कार्यका लागि संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयले सञ्चालन गर्दै आएको विश्वव्यापी मञ्च ‘नाज्का’ (नन–स्टेट एक्टर जोन फर क्लाइमेट एक्सन) पोर्टलमार्फत स्वेच्छाले आबद्ध हुने संस्थाका विवरण सार्वजनिक गरिनेछ ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले नेट–जिरो मान्यता ढाँचा पारदर्शिताका लागि महत्त्वपूर्ण उपकरण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनको नेट–जिरो मान्यता ढाँचा पारदर्शिताका लागि महत्त्वपूर्ण उपकरण हो र आज यो परीक्षण चरणबाट कार्यान्वयनमा प्रवेश गरेको छ । नवीकृत नाज्का पोर्टलमार्फत कम्पनी, वित्तीय संस्था, सहर, क्षेत्रीय सरकारलगायतले आफ्ना योजना सार्वजनिक गर्न र प्रगतिको विवरण प्रस्तुत गर्न सक्नेछन् ।”

गैरराज्य पक्षका जलवायु कार्यमा थप तथ्याङ्क र पारदर्शिताको आवश्यकता पूरा गर्दै आगामी दिनमा जलवायु कार्यलाई थप प्रभावकारी बनाउन प्रमाणमा आधारित आधार तयार गर्नु यसको उद्देश्य रहेको छ ।

नेट–जिरो मान्यता ढाँचाको प्रारम्भिक चरणमा आठवटा योग्य नेट–जिरो पहलले नेतृत्व गरिरहेका छन् । कोप–३१ सुरु हुनुअघिका दुई महिनामा ७८ संस्थाले यस ढाँचामा सहभागी हुन सहमति जनाएका छन् ।

यसमा छ करोड ५० लाखभन्दा बढी जनसङ्ख्याको प्रतिनिधित्व गर्ने उपराष्ट्रिय सरकार, २२ देशमा सञ्चालनमा रहेका कम्पनी तथा संस्था सहभागी छन् । तीमध्ये केही कम्पनी तथा संस्थाको कार्यक्षेत्र १०० भन्दा बढी देशमा फैलिएको छ ।

सहभागी निकायमा फेसन, मदिराजन्य पेय (वाइन), खेलकुद, साना तथा मझौला उद्यम र उपराष्ट्रिय सरकारलगायत विविध क्षेत्र समेटिएका छन् ।

उनीहरूका अनुभव र दृष्टिकोणले नेट–जिरो प्रतिबद्धता तथा त्यसका आधारभूत मापदण्डलाई सबैका लागि थप पारदर्शी र पहुँचयोग्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेट–जिरो हासिल गर्ने यात्राका पाँच चरणमा आधारित छ । ती चरणमा सार्वजनिक प्रतिबद्धता, रूपान्तरण योजना, प्रगति प्रदर्शन, अन्तरिम लक्ष्य हासिल र नेट–जिरो लक्ष्य प्राप्ति रहेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयका पारदर्शिता निर्देशक सुएहोङ वाङले नेट–जिरो यात्रालाई पारदर्शी बनाएर महत्त्वपूर्ण नेतृत्व प्रदर्शन गरिरहेको बताउनुभयो ।

नेट–जिरो ढाँचा कार्यान्वयनमा प्रवेश गरेसँगै सम्बन्धित निकायलाई आबद्ध हुन आह्वान गरिएको छ । आबद्ध संस्थालाई स्वेच्छाले यस ढाँचामा सहभागी हुन आमन्त्रण गरिएको छ ।

आवश्यक योग्यता, मापदण्ड र आवेदनसम्बन्धी विवरण संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयको वेबसाइटमा उपलब्ध छ ।

  • अन्ताल्या
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • विचारः भूउपयोग गुरुयोजना विकासको अपरिहार्य आधार

    विचारः भूउपयोग गुरुयोजना विकासको अपरिहार्य आधार

  • Post Thumbnail

    नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

  • Post Thumbnail

    औद्योगिक क्षेत्रमा जलवायु कार्य विस्तार गर्न नीतिगत र वित्तीय सहयोग आवश्यक

  • Post Thumbnail

    असिनासहितको वर्षाले नुवाकोटमा धानबालीमा सामान्य क्षति

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइ बाँधमा बेपत्ता भएका चौधरीको शव निकालियो

    सिँचाइ बाँधमा बेपत्ता भएका चौधरीको शव निकालियो

    दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

    दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

    Post Thumbnail

    सर्वोच्चमा चार न्यायाधीश नियुक्त

    Post Thumbnail

    जलवायु नेतृत्वलाई पहिचान गर्न नेट–जिरो मान्यता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution