
काठमाडौँ, २७ कात्तिकः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरूबीच क्षेत्रीय स्वास्थ्य सहकार्यमा जोड दिनुभएको छ ।
कोलम्बोमा हालै आयोजित बिम्स्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा उहाँले स्वास्थ्य चुनौतीहरू राष्ट्रिय सीमामा सीमित नरहने भएकाले सदस्य राष्ट्रहरूबीच समन्वय, सूचना आदानप्रदान र प्राविधिक सहकार्यलाई प्रभावकारी बनाउनुपर्र्ने बताउनुभएको मन्त्री मेहताको निजी सचिवालयले जनाएको छ ।
“सङ्क्रामक रोग, एन्टिमाइक्रोबियल प्रतिरोध, पशुजन्य रोग तथा जलवायु परिवर्तनबाट उत्पन्न स्वास्थ्य जोखिमले राष्ट्रिय सीमाको सम्मान गर्दैनन्”, मन्त्री मेहताले भन्नुभयो ।
कोभिड–१९ महामारीले कुनै पनि देशले ठूलो स्वास्थ्य सङ्कटको सामना एक्लै गर्न नसक्ने देखाएको भन्दै उहाँले क्षेत्रीय सहकार्यलाई समावेशिता, समानता, आपसी विश्वास र व्यावहारिक साझेदारीमा आधारित बनाउनुपर्ने बताउनुभयो ।
नेपालमा उद्धार तथा राहत कार्यका क्रममा बिम्स्टेक सदस्य राष्ट्रलगायत अन्तरराष्ट्रिय समुदायबाट प्राप्त सहयोग, सद्भाव र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्नुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |