Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २६, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

दिवंगत अभिभावकको स्मृतिमा विद्यालयलाई आर्थिक सहयोग

म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई स्थानीय एक दम्पतीले दिवंगत अभिभावकको स्मृतिमा रु। १५ लाख बढी सहयोग गर्नुभएको छ ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २६, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

म्याग्दी , २६ कात्तिक : म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई स्थानीय एक दम्पतीले दिवंगत अभिभावकको स्मृतिमा रु। १५ लाख बढी सहयोग गर्नुभएको छ । कुहुँको तुसारेपानी घर भई हाल अष्ट्रेलियामा रहनुभएका मुक्ति रोका र टिका रोका दम्पतीले स्वर्गीय बुबा गणेशबहादुर र आमा पोविसरा रोकाको स्मृतिमा उक्त सहयोग गर्नुभएको हो ।

विद्यालयका प्रधानाध्यापक डा। नन्दबहादुर खत्रीले बिहिबारदेखि सञ्चालन हुने शैक्षिक एवं धार्मिक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञकी लागि रोका दम्पतीले रु। १५ लाख पाँच हजार ५५५ सहयोग गर्नुभएको जानकारी दिनुभयो ।

रोका दम्पतीले यसअघि पनि विद्यालयमा रु। १० लाखको अक्षयकोष स्थापना गर्नुभएको थियो । उक्त कोषबाट हरेक वर्ष विद्यार्थीलाई खेलकुद तथा अन्य शैक्षिक गतिविधिमा प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

तत्कालीन समयमा मुक्ति रोकाकी आमा पोविसराको दुर्घटनामा निधन भएपछि उहाँका बुबा तथा तत्कालीन कुहुँ गाविसका सचिव गणेशबहादुर रोकाले विसं २०६३ मा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक पुरस्कार प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्नुभएको थियो । कोरोना सङ्क्रमणका कारण गणेशबहादुरको निधन भएपछि उहाँहरूको योगदानको सम्मान गर्दै कोषको नाम गणेशबहादुर र पोविसरा रोका स्मृति अक्षयकोष राखिएको थियो ।

यसैबीच, विद्यालयमा बिहीबारदेखि सुरु हुने महायज्ञको तयारी पूरा भएको सहायक प्रधानाध्यापक हरिकृष्ण भट्टराईले जानकारी दिनुभयो । मङ्सिर ३ गतेसम्म विद्यालय परिसरमा सञ्चालन हुने महायज्ञमा बुधबारसम्म करिब रु। ४० लाख सहयोग प्रतिबद्धता प्राप्त भएको छ ।

महायज्ञमा विद्यालयका पूर्वप्रधानाध्यापक भद्रबहादुर क्षेत्रीले रु। पाँच लाख पाँच हजार ५५५, पूर्वविद्यार्थी महेन्द्र घर्तीले रु। तीन लाख ५० हजार र पूर्वसांसद नरबहादुर पुनले रु। तीन लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

विद्यालयले विपन्न, भौगोलिक रूपमा विकट तथा अपायक स्थानका विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराई अतिरिक्त कक्षा सञ्चालन गर्ने र सिकाइ उपलब्धि वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेको हो । महायज्ञबाट रु। तीन करोड सङ्कलन गरी रु। दुई करोडभन्दा बढी बचत गर्ने लक्ष्य राखिएको सहायक प्रधानाध्यापक भट्टराईले बताउनुभयो ।

महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले श्रीमद्भागवत कथा वाचन गर्नुहुनेछ । सप्ताहव्यापी महायज्ञमा भागवत पाठपारायण, पूजाआजा, भजनकीर्तन, कलशयात्रा, आरती तथा झाँकी प्रदर्शनलगायत धार्मिक कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

प्रविधिको प्रयोग र शैक्षिक गुणस्तर अभिवृद्धि गरी स्थानीय स्तरमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने विद्यालयको लक्ष्य छ । अध्ययनका लागि बालबालिकालाई सहरबजार पठाउनुपर्ने बाध्यता न्यूनीकरण गर्दै गाउँमै राम्रो शैक्षिक वातावरण निर्माण गर्न महायज्ञबाट प्राप्त रकम परिचालन गरिने जनाइएको छ ।

विसं २०१७ मा स्थापना भएको दीपशिखा माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्म पठनपाठन हुँदै आएको छ । विसं २०४७ देखि माध्यमिक र २०६५ देखि कक्षा ११ र १२ को पढाइ सुरु गरेको विद्यालयमा हाल १९६ विद्यार्थी अध्ययनरत छन् ।

  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • मातृभूमि पुस्तकालयलाई दुई लाख सहयोग

    मातृभूमि पुस्तकालयलाई दुई लाख सहयोग

  • कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

    कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

  • Post Thumbnail

    डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो

  • Post Thumbnail

    देउसीभैलोबाट विद्यालयमा आइटी कक्षा सञ्चालन गर्ने पहल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसनः ३३ जना नियन्त्रणमा

    Post Thumbnail

    पटका पड्काउँदा बालक घाइते

    Post Thumbnail

    असिना पानीले धानबालीमा क्षति

    Post Thumbnail

    सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution