Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भोजपुर

तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ । विगतमा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडक कालोपत्रसँगै गाउँपालिकाको केन्द्र च्याङ्गे जोडिने सडकको यात्रा सहज बनेको हो ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २५, बुधबार (१ घण्टा अघि)
तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

भोजपुर, २५ कात्तिकः भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ । विगतमा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडक कालोपत्रसँगै गाउँपालिकाको केन्द्र च्याङ्गे जोडिने सडकको यात्रा सहज बनेको हो ।

मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङलाई शून्य विन्दु मानेर च्याङ्गेसम्म सडक कालोपत्र गरिएको छ । गाउँपालिकाको कृषि, पर्यटन तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यले सडकलाई प्राथमिकताका साथ निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

सडक कालोपत्र भएपछि गाउँपालिकावासीमा उत्साह थपिएको पौवादुङमा गाउँपालिका–२ तिवारीभञ्याङका स्थानीयवासी राजकुमार तिवारीले बताउनुभयो । सडक कालोपत्र बनेपछि आवतजावत सहजतासँगै नागरिकको दैनिकीमा परिवर्तन आएको उहाँको भनाइ छ ।

“तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र भएपछि जनजीवनमा परिवर्तन ल्याएको छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले गरेको यो काम प्रशंसनीय छ । यो सडकले गाउँपालिकाको सम्पूर्ण भूभागलाई छोएकाले यहाँ उत्पादन हुने कृषि उपजलेसमेत राम्रो बजार पाउने अपेक्षा गरेका छौँ ।”

तिवारीभञ्याङदेखि अँधेरीघाटसम्मको ३१ किलोमिटर सडकखण्डमध्ये गाउँपालिका केन्द्र च्याङ्गेसम्म करिब दुई किलोमिटर सडक कालोपत्र सम्पन्न गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । सडकलाई दुई प्याकेजमा विभाजन गरी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । तिवारीभञ्याङको शून्य विन्दुबाट वडा नं २ स्थित स्वास्थ्यचौकीसम्म पहिलो प्याकेज र स्वास्थ्यचौकीबाट गाउँपालिका केन्द्र च्याङ्गेसम्म दोस्रो प्याकेजमा सडक कालोपत्र सम्पन्न गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष किरण राईले उक्त सडकलाई गाउँपालिकाको गौरवको योजनाका रूपमा अघि बढाइएको बताउनुभयो । भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्गका रूपमा रहेको यस सडकलाई महत्वका साथ कालोपत्र गर्ने काम भइरहेको उहाँको भनाइ छ ।

“यो सडक हाम्रो गाउँपालिकाको गौरवको योजना हो”, अध्यक्ष राईले भन्नुभयो, “भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग पनि हो । आगामी दिनमा अँधेरीघाटसम्मको ३१ किलोमिटर सडक नै कालोपत्र गर्ने लक्ष्य लिएका छौँ । हाल च्याङ्गेसम्मको सडक कालोपत्र सम्पन्न भएको छ ।”

सडक कालोपत्रले गाउँपालिकाको भौतिक पूर्वाधार विकासमा थप टेवा पुग्नुका साथै कृषि उत्पादनको बजारीकरण, स्थानीयको आवतजावत र आर्थिक गतिविधिमा सहजता थपेको अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाको केन्द्रसम्म सडक कालोपत्र भएपछि बाँकी सडकखण्डलाईसमेत स्तरोन्नति गर्दै पूर्ण रूपमा कालोपत्र गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।

  • भोजपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    फेरिँदै देउसीभैलो खेल्ने शैली

  • Post Thumbnail

    ‘छठी माई र सूर्य भगवान्’लाई सलामी अर्पण

  • Post Thumbnail

    ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’

  • Post Thumbnail

    आधुनिकताले फेरिँदै तिहारको संस्कृति

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट नैतिक, सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेल

    महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट नैतिक, सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेल

    कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

    कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

    Post Thumbnail

    फेरिँदै देउसीभैलो खेल्ने शैली

    Post Thumbnail

    ‘छठी माई र सूर्य भगवान्’लाई सलामी अर्पण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution