Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
डडेल्धुरा

आधुनिकताले फेरिँदै तिहारको संस्कृति

तिहार भन्नेबित्तिकै घरघरमा माटाका दियो बाल्ने, समूहमा देउसीभैलो खेल्ने र मौलिक लोकभाकामा गीत गुञ्जिने दृश्य सम्झनामा आउँछ ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २५, बुधबार (५३ मिनेट अघि)
Post Thumbnail

डडेल्धुरा, २५ कात्तिकः तिहार भन्नेबित्तिकै घरघरमा माटाका दियो बाल्ने, समूहमा देउसीभैलो खेल्ने र मौलिक लोकभाकामा गीत गुञ्जिने दृश्य सम्झनामा आउँछ । तर पछिल्लो समय तिहार मनाउने शैलीमा आएको परिवर्तनसँगै सुदूरपश्चिमको मौलिक देउसीभैलो परम्परा पनि विस्तारै हराउँदै जान थालेको छ ।

आधुनिक झिलीमिली बत्ती, डिजे र नयाँ मनोरञ्जनका माध्यमप्रति बढ्दो आकर्षण तथा युवाको पलायन र बसाइँसराइले परम्परागत देउसीभैलोको रौनक घट्दै गएको स्थानीयको अनुभव छ । डडेल्धुराको आलिताल गाउँपालिका–३ की ७० वर्षीया सरस्वती भट्टलाई पुरानो तिहारको सम्झना अझै ताजै छ । उहाँका अनुसार पहिले तिहारमा घरको मूलढोका, आँगन, तुलसीको मठ र गोठसम्म माटाका दियो बालेर उज्यालो बनाउने चलन थियो । साँझ परेपछि गाउँभरि दियोको उज्यालो र देउसीभैलोका मौलिक भाकाले छुट्टै उत्साह थप्ने गथ्र्यो । अहिले माटाका दियोको ठाउँ झिलीमिली बत्तीले लिँदै गएको र परम्परागत भाका पनि कम सुनिन थालेको उहाँ बताउनुहुन्छ ।

त्यस्तै, नवदुर्गा गाउँपालिका–४ की शान्ति कुँवरलाई पनि पहिलेको देउसीभैलोको सामूहिक रमाइलो सम्झना छ । साथीभाइ मिलेर समूह बनाउने, गाउँका घरघरमा पुगेर गीत गाउने र घरपरिवारले गच्छेअनुसार धान, चामल, मकै तथा दक्षिणा दिने चलन रहेको उहाँ बताउनुहुन्छ । त्यसरी सङ्कलन भएको अन्न र पैसाले साथीभाइ मिलेर रमाइलो गर्ने गरिन्थ्यो । अहिले भने त्यस्तो परम्परा र सामूहिकता कम हुँदै गएको उहाँको भनाइ छ ।

स्थानीय लोक तथा देउडा गायक सुधिर जैरुका अनुसार पहिले देउसीभैलोमा स्थानीय लोकभाका, परम्परागत बाजागाजा र भट्याउने शैलीलाई विशेष महत्व दिइन्थ्यो । गीतमार्फत घरपरिवारको सुख, शान्ति, समृद्धि र उन्नतिको कामना गरिन्थ्यो । तर अहिले डिजेमा आधुनिक गीत बजाएर नाच्ने प्रवृत्ति बढ्दा मौलिक भैलोको पहिचान कमजोर बन्दै गएको उहाँ बताउनुहुन्छ ।

देउसीभैलो मनोरञ्जन र दक्षिणा सङ्कलन गर्ने माध्यममात्र नभई सामाजिक सद्भाव, आपसी सम्बन्ध र सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा हो । यसले गाउँघरमा विभिन्न उमेर समूहका मानिसलाई एकै ठाउँमा जोड्ने काम गर्दै आएको छ । संस्कृतिका जानकार कैलासकुमार पाण्डेका समयअनुसार चाडपर्व मनाउने शैली परिवर्तन हुनु स्वाभाविक भए पनि मौलिक परम्परा बिर्सन नहुने बताउनुहुन्छ । नयाँ पुस्तालाई पुराना भाका, बाजागाजा र देउसीभैलोको सांस्कृतिक महत्वबारे जानकारी गराउँदै यसको अभ्यास र संरक्षणमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

आधुनिक मनोरञ्जनलाई आत्मसात् गर्दै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका मौलिक संस्कृति र परम्परालाई पनि निरन्तरता दिन सकेमात्रै तिहारको सांस्कृतिक पहिचान जोगाउन सकिने देखिन्छ ।

  • डडेल्धुरा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    हात्तीको आक्रमणमा परी वृद्धाको मृत्यु

  • Post Thumbnail

    अवैध फूलमाला भित्र्याउने प्रयास, रु ३९ लाख ७८ हजारको बरामद

  • Post Thumbnail

    ‘अपरेसन सभ्यता’ : १८ जना पक्राउ

  • भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

    भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बेनी खानेपानीको पाइप लाइन मर्मत

    Post Thumbnail

    आधुनिकताले फेरिँदै तिहारको संस्कृति

    Post Thumbnail

    हात्तीको आक्रमणमा परी वृद्धाको मृत्यु

    Post Thumbnail

    बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution