Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
वीरगन्ज

‘छठी माई र सूर्य भगवान्’लाई सलामी अर्पण

धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको छठपर्वका अवसरमा नेपाली सेनाले सलामी अर्पण गर्ने भएको छ ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २५, बुधबार (१ घण्टा अघि)
Post Thumbnail

वीरगन्ज (पर्सा), २५ कात्तिकः धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको छठपर्वका अवसरमा नेपाली सेनाले सलामी अर्पण गर्ने भएको छ । छठ पूजाको अवसरमा वीरगन्जको श्रीपुरस्थित नेपाली सेनाको ‘श्री श्रीजङ्ग गण’ले यस वर्ष पनि ‘छठी माई र सूर्य भगवान्’लाई सलामी अर्पण गर्ने भएको हो ।

लोकआस्थाको महापर्व छठको मुख्य दिन यही कात्तिक २९ गते आइतबार साँझ वीरगन्ज महानगरपालिका–१० स्थित घडिअर्वा छठघाटमा पुगेर नेपाली सेनाको विशेष टोलीले विधिअनुसार सलामी अर्पण गर्ने कार्यक्रम रहेको श्रीजङ्ग गणका प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलेदेखि नेपाली सेनाले दसैँको सप्तमीका दिन नवदुर्गा भवानीलाई सलामी अर्पण गर्दै आए पनि गत वर्षदेखि छठ पूजामा वीरगन्जमा छठीमाई र सूर्य भगवान्लाई समेत सेनाले सलामी अर्पण गर्दै आएको छ, जुन यसपटक पनि निरन्तर हुन्छ ।”

प्रमुख सेनानी कार्कीको नेतृत्वमा सेनाको टोली वाद्यवादनसहितको परेड तथा मार्च गर्दै घडिअर्वा छठघाट पुगर निर्धारित मार्गको परिक्रमा गर्दै छठघाट परिसरमा रहेको सूर्य भगवान्को मन्दिरमा पुगेपछि सेनाको टोलीले छठीमाई र सूर्य भगवान्लाई सैनिक विधिअनुसार सलामी अर्पण गर्ने कार्यक्रम तय भएको छ ।

छठ पूजा व्यवस्थापन समितिको आग्रहमा यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिन लागिएको प्रमुख सेनानी कार्कीले बताउनुभयो । छठपर्वको इतिहासमा सम्भवतः गत वर्ष पहिलोपटक नेपाली सेनाले छठीमाई र सूर्य भगवान्लाई सलामी अर्पण गर्ने परम्पराको सुरुआत गरेको हो । पछिल्लो समय छठपर्वप्रतिको आस्था र लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ ।

  • नेपाली सेना
  • पर्सा
  • वीरगन्ज
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    फेरिँदै देउसीभैलो खेल्ने शैली

  • तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

    तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

  • Post Thumbnail

    ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’

  • Post Thumbnail

    आधुनिकताले फेरिँदै तिहारको संस्कृति

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट नैतिक, सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेल

    महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट नैतिक, सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेल

    कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

    कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

    Post Thumbnail

    फेरिँदै देउसीभैलो खेल्ने शैली

    Post Thumbnail

    ‘छठी माई र सूर्य भगवान्’लाई सलामी अर्पण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution