Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
लमजुङ

फेरिँदै देउसीभैलो खेल्ने शैली

तिहार भन्नेबित्तिकै देउसीभैलोको झल्को आउँछ । गाउँघरका आँगनमा भेला भएर मादल, झ्यालीलगायत परम्परागत बाजाको तालमा मौलिक गीत गाउँदै, नाच्दै र भट्याउँदै देउसीभैलो खेल्ने पुरानो चलन अहिले क्रमशः परिवर्तन हुँदै गएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २५, बुधबार (४९ मिनेट अघि)
Post Thumbnail

लमजुङ, २५ कात्तिकः तिहार भन्नेबित्तिकै देउसीभैलोको झल्को आउँछ । गाउँघरका आँगनमा भेला भएर मादल, झ्यालीलगायत परम्परागत बाजाको तालमा मौलिक गीत गाउँदै, नाच्दै र भट्याउँदै देउसीभैलो खेल्ने पुरानो चलन अहिले क्रमशः परिवर्तन हुँदै गएको छ ।

आधुनिक प्रविधिको प्रयोग बढेसँगै देउसीभैलो खेल्ने शैली, बाजागाजा र गीतसङ्गीतमा समेत परिवर्तन आएको हो । केही वर्षअघिसम्म लमजुङका गाउँघरमा तिहारका बेला साथीभाइ तथा युवायुवती एकै ठाउँमा भेला भएर मादल र झ्याली बजाउँदै तिहारसँग सम्बन्धित मौलिक गीत गाउने, भट्याउने र नाचगान गर्ने गर्थे । देउसीभैलो मनोरञ्जनको माध्यममात्र नभई संस्कार, संस्कृति र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अवसरसमेत बन्ने गरेको थियो ।

घरघरमा पुगेर देउसीभैलो खेल्दा घरधनीले समूहलाई स्वागत गर्दै आफ्नो गच्छेअनुसार अन्न, पैसा तथा अन्य सामग्री दिने चलन थियो । देउसीभैलो खेल्ने समूहले पनि घरपरिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै भट्याउने तथा आशीर्वाद दिने गर्थे । यसले गाउँघरमा आपसी सद्भाव, सहयोग र आत्मीयता बढाउनसमेत योगदान पुर्याउने गरेको थियो । दोर्दी गाउँपालिकाका ७५ वर्षीय बुद्धिमान श्रेष्ठका अनुसार पहिले साथीभाइ एकै ठाउँमा भेला भएर परम्परागत बाजा बजाउँदै तिहारका मौलिक गीत गाउने र भट्याउने गरिन्थ्यो ।

देउसीभैलोमा बलिराजाको प्रसङ्ग जोडेर गीत गाउने, परम्पराको महत्त्व बुझाउने तथा घरपरिवारलाई सुख, शान्ति र समृद्धिको आशीर्वाद दिने चलन रहेको उहाँले बताउनुभयो । “पहिले देउसीभैलोमा आफ्नै मौलिक भाका र परम्परागत गीत गाउने चलन थियो, अहिले त्यस्तो शैली कम हुँदै गएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले तिहारसँग सम्बन्धित मौलिक गीतभन्दा मनोरञ्जन र नाचगानलाई प्राथमिकता दिने आधुनिक गीत बढी बज्न थालेका छन् । कतिपय समूहमा विदेशी गीतको प्रभावसमेत देखिन थालेको छ ।

मादल र झ्याली बजाएर मौलिक भाकामा नाचगान गर्ने समूह कमै भेटिने गरेको उहाँको भनाइ छ । आधुनिक प्रविधिको प्रयोगसँगै देउसीभैलो खेल्ने शैलीमा आएको परिवर्तनलाई युवापुस्ताले भने सहजता र मनोरञ्जनसँग जोडेर हेर्ने गरेका छन् । मस्र्याङ्दी गाउँपालिकाका पूर्णबहादुर गुरुङका अनुसार अहिले देउसीभैलोमा डेक, उफर र माइकको प्रयोग बढेको छ । यसले गीतसङ्गीत बजाउन र सामूहिक प्रस्तुति दिन सहज बनाएको छ । पहिले मादल बजाउन जान्ने मानिस कम हुनु र युवापुस्तामा त्यसप्रति खासै चासो नहुनु पनि परम्परागत बाजाको प्रयोग घट्नुको एउटा कारण रहेको उहाँ बताउनुहुन्छ ।

अहिले डेक र उफरबाट गीत बजाउन तथा माइक प्रयोग गर्न सहज भएकाले आधुनिक उपकरणप्रतिको आकर्षण बढेको उहाँको भनाइ छ । आधुनिक उपकरणले देउसीभैलोलाई सहज र मनोरञ्जनात्मक बनाए पनि पुराना भाका र गीतप्रति युवापुस्ताको रुचि तथा जानकारी घट्दै गएको उहाँले बताउनुभयो । मौलिकता जोगाउन युवापुस्ताले तिहारसँग सम्बन्धित परम्परागत गीत गाउने, नाच्ने र संस्कृतिको महत्त्व बुझ्न आवश्यक रहेको उहाँको भनाइ छ । सबै वर्ग र समूह एकजुट भएर संरक्षणमा लाग्न नसके मौलिक देउसीभैलो केही वर्षमै लोप हुने अवस्थामा पुग्न सक्ने उहाँको चिन्ता छ । स्थानीय लोकसंस्कृतिका जानकार रामबहादुर घिमिरे देउसीभैलोलाई मनोरञ्जनसँगै परम्परागत संस्कार, सामाजिक सद्भाव र आपसी आत्मीयतासँग जोडिएको सांस्कृतिक अभ्यासका रूपमा लिनुहुन्छ ।

उहाँका अनुसार देउसीभैलोले दुःखमा परेका नागरिकलाई समेत केही समय खुसी र मनोरञ्जन प्रदान गर्दै समाजमा सुख, शान्ति र आपसी सद्भावको सन्देश फैलाउने काम गर्छ । घरपरिवारलाई शुभकामना र आशीर्वाद दिने परम्परागत पक्षसमेत यसमा जोडिएको छ । आधुनिक प्रविधिको बढ्दो प्रयोगले परम्परागत गीत, भाका र बाजागाजाको अभ्यास कमजोर बनाउँदै लगेको उहाँको भनाइ छ । मौलिक संस्कृति संरक्षणका लागि स्थानीय तहले युवापुस्तालाई यसको महत्त्व बुझाउने, परम्परागत गीत, भाका र बाजागाजासम्बन्धी तालिम दिने तथा सांस्कृतिक समूहलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नयाँ पुस्तालाई यसप्रति जागरुक बनाउन सके मात्रै मौलिक संस्कृतिको संरक्षण गर्न सकिने उहाँको भनाइ छ । देउसीभैलो समयसँगै बदलिनु स्वाभाविक भए पनि यसको मौलिक पहिचान जोगाउनु उत्तिकै आवश्यक छ । आधुनिक प्रविधिको प्रयोगसँगै परम्परागत गीत, बाजागाजा र भट्याउने शैलीलाई पनि निरन्तरता दिनसके तिहारको सांस्कृतिक मौलिकता नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सहज हुनेछ ।

  • लमजुङ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    ‘छठी माई र सूर्य भगवान्’लाई सलामी अर्पण

  • तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

    तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

  • Post Thumbnail

    ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’

  • Post Thumbnail

    आधुनिकताले फेरिँदै तिहारको संस्कृति

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट नैतिक, सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेल

    महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट नैतिक, सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेल

    कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

    कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

    Post Thumbnail

    फेरिँदै देउसीभैलो खेल्ने शैली

    Post Thumbnail

    ‘छठी माई र सूर्य भगवान्’लाई सलामी अर्पण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution