Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बाँके

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २५, बुधबार (४६ मिनेट अघि)
कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

बाँके, २५ कात्तिकः कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् । त्यसबाट उहाँहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गर्नुभएको छ ।

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको कृषि विषयमा स्नातक पढ्दै गरेका नेपालगन्ज उपमहानगरपालिका–१९ का वेदराज आचार्य, चेतन केसी र कोहलपुर–११ का असिम सिग्देलले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर सो रकम आर्जन गरेका हुन् । उहाँहरूले उत्पादन गर्नुभएको सबै फूल बिक्री भइसकेको छ ।

नेपालगन्ज–१९ स्थित फुटाहा गाउँमा फिट फार्मअन्तर्गत १० कट्ठा जग्गामा लगाइएको ११ क्विन्टल फूल उत्पादन गरेर रु चार लाखभन्दा बढी आम्दानी भएको युवा व्यावसायी असिम सिग्देलले जानकारी दिनुभयो । उहाँले आफूहरूले उत्पादन गरेको सबै फूल सकिएपछि पनि फूलको माग नसकिएकाले पहिलेदेखि बुकिङ गरेकाहरूलाई मात्र उपलब्ध गराउन दाङबाट थप दुई क्विन्टल फूल झिकाएर बिक्री गरेको उल्लेख गर्नुभयो ।

फूलखेतीबाट तिहारको खर्च जुटेको बताउँदै व्यावसायी सिग्देलले यसपटकको अनुभवबाट आगामी वर्ष फूलखेती बढाएर दोब्बर गर्ने योजना पनि सुनाउनुभयो । उहाँले यसपटक आफूहरूलगायत अन्य युवाले विभिन्न ठाउँमा गरेको फूलखेतीबाट भारतबाट आयात हुने फूललाई पूर्ण रूपमा विस्थापित गर्न सफल भएको बताउनुभयो ।

अर्का व्यवसायी चेतन केसीले भाइटीकाअघि नै उत्पादन गरेको सबै ११ क्विन्टल फूल बिक्री भइसकेको बताउँदै स्थानीयले फूलका लागि थप माग गरेपछि दाङबाट दुई क्विन्टल फूल ल्याएर बेचेको उल्लेख गर्नुभयो । उहाँले यसपटक बुटवल, दाङ, काठमाडौँ र सुर्खेतलगायत जिल्लाबाट समेत फूलको माग आएकाले त्यता पनि पठाइएको बताउनुभयो ।

अर्का व्यवसायी वेदराज आचार्यले थोरै मिहेनत र लगानीबाट पनि राम्रो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने कुरा फूलखेतीले प्रमाणित गरेको बताउनुभयो । उहाँले रु ४०० किलो फूल बिक्री गरेको जनाउँदै अझै पनि माग भइरहेको सुनाउनुभयो ।

बाँकेमा यस वर्ष करिब १३ बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको फ्लोरी कल्चर एसोसिएसन नेपाल बाँकेले जनाएको छ । जिल्लाको नरैनापुर, खजुरा, नेपालगन्ज र कोहलपुरमा किसानले व्यावसायिक रूपमा फूलखेती गरेको एसोसिएसनकी केन्द्रीय सदस्य तथा नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु घर्तीमगरले बताउनुभयो । उहाँका अनुसार जिल्लामा यस वर्ष सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूलको खेती गरिएको छ । पहिलोपटक यस वर्ष भारतीय फूल आयात रोक्न धेरै हदसम्म सफलता मिलेको छ । फूलखेती गरेका किसानले नेपालगन्जको त्रिभुवनचोक, धम्बोझीचोक र कोहलपुरका विभिन्न स्थानमा फुटकर बिक्री केन्द्र खोलेर फूल बिक्री गरेका थिए ।

  • काठमाडौँ
  • बाँके
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो

  • Post Thumbnail

    देउसीभैलोबाट विद्यालयमा आइटी कक्षा सञ्चालन गर्ने पहल

  • आलेखः किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

    आलेखः किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

  • घरदैलोमै पुगेर विद्यार्थीको पढाइ र शैक्षिक अवस्थाबारे बुझ्दै जामुनाखर्क मावि

    घरदैलोमै पुगेर विद्यार्थीको पढाइ र शैक्षिक अवस्थाबारे बुझ्दै जामुनाखर्क मावि

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सत्य, अहिंसा र समानताले नेपाली समाजलाई एकताको सूत्रमा गाँसेको छः उपराष्ट्रपति यादव

    सत्य, अहिंसा र समानताले नेपाली समाजलाई एकताको सूत्रमा गाँसेको छः उपराष्ट्रपति यादव

    महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट नैतिक, सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेल

    महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट नैतिक, सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेल

    कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

    कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

    Post Thumbnail

    फेरिँदै देउसीभैलो खेल्ने शैली

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution