
कास्की, २४ कात्तिकः नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको होटल सङ्घ पोखराको आयोजनामा पोखरामा बुधबार १९औँ संस्करणको भाइटिका महोत्सव आयोजना हुने भएको छ ।
तिहारको सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने र संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गर्न लागेको हो । पोखरा–६ लेकसाइडस्थित होटल पौवामा दिउँसोदेखि सुरु हुने उक्त महोत्सवमा करिब एक सय विदेशी पर्यटकलाई भाइटिकाको टीका लगाउने तयारी गरिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । उहाँका अनुसार नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षणसँगै तिनलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो ।
“नेपाली चाडपर्व र संस्कृतिप्रति विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । भाइटिका महोत्सवमा सहभागी हुन कतिपय पर्यटक वर्षेनि पोखरा आउने गरेका छन् भने केही पर्यटक दोहो¥याएर समेत टीका लगाउन आउने गरेका छन्”, अध्यक्ष सुवेदीले भन्नुभयो ।
महोत्सवमा सहभागी विदेशी पर्यटकलाई नेपाली समाजमा भाइटिकाको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे जानकारी गराइनेछ । दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परालाई विदेशी पर्यटकमाझ प्रत्यक्ष अनुभव गराउने कार्यक्रमको मुख्य आकर्षण रहनेछ ।
त्यस अवसरमा पर्यटकलाई नेपाली परम्परागत परिकार सेलरोटी लगायतका परिकार खुवाइनुका साथै मौलिक देउसी–भैलोसमेत प्रस्तुत गरिनेछ । नेपाली संस्कृतिको जीवन्त अनुभव दिलाउँदै पर्यटकलाई स्थानीय चाडपर्व र परम्परासँग जोड्ने लक्ष्य महोत्सवले लिएको छ । होटल सङ्घ पोखरा नेपालले विगतका वर्षदेखि निरन्तर आयोजना गर्दै आएको भाइटिका महोत्सवले पोखराको पर्यटनलाई सांस्कृतिक पहिचानसँग जोड्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । महोत्सवले पोखरा घुम्न आउने विदेशी पर्यटकलाई नेपाली संस्कृति बुझ्ने र त्यसमा प्रत्यक्ष सहभागी हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको अध्यक्ष सुवेदीले भन्नुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |