Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ख्वप

भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने किजापूजा (भाइटीका) आज भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २४, मंगलबार (१ घण्टा अघि)
भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

ख्वप (भक्तपुर), २४ कात्तिकः नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने किजापूजा (भाइटीका) आज भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ ।

स्वन्ति नखाःअन्तर्गत लक्ष्मीपूजा, म्हःपूजा र किजापूजा क्रमशः कात्तिक २२, २३ र २४ गते मनाउने निर्णयअनुसार आज किजापूजा मनाइएको हो । तिथिका विषयमा विभिन्न पात्रोमा फरक–फरक मिति सार्वजनिक भएपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तलेजुका पुजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीलगायत सरोकारवालाको बैठकले पर्व मनाउने मिति निर्धारण गरेको थियो ।

म्हःपूजाको भोलिपल्ट मनाइने यस पर्वमा दिदीबहिनीले दाजुभाइको घरमा पुगेर विशेष विधिपूर्वक पूजा गर्ने परम्परा छ । यस पर्वले परिवारका सदस्यबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै आपसी माया, विश्वास र सहयोगको भावना अभिवृद्धि गर्ने विश्वास गरिन्छ ।

किजापूजाका दिन पहिले भुइँमा रातो माटोले लिपेर चामलको पीठोबाट मण्डल बनाउने गरिन्छ । त्यसपछि मण्डल अगाडि दाजुभाइलाई राखेर विधिपूर्वक पूजा गरिन्छ । पूजाका क्रममा मण्डलमा बत्ती बाल्ने, विभिन्न सामग्री चढाउने र सगुन दिने चलन छ ।

किजापूजामा विशेषगरी बिमिरो, ओखर, मखमली फूलको माला, धागो (क्वखा), फलफूल तथा विभिन्न परिकार चढाइन्छ । नेवार समुदायमा अण्डा, माछा, मासु, बारा र रक्सीसमेत समावेश भएको पाँच प्रकारको सगुन दिने परम्परा छ । यसलाई पञ्चतत्त्वको प्रतीकका रूपमा लिइन्छ । दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिई मखमली फूलको माला र प्रसाद प्रदान गर्छन् । त्यसपछि दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा वा लत्ताकपडा उपहार दिने चलन छ ।

भक्तपुरकी सुनिता सुवालका अनुसार किजापूजामा दिदीले भाइलाई मात्र नभई बहिनीले दाइलाई पनि पूजा गर्ने परम्परा छ । परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर मनाउने यस पर्वमा दिदीबहिनीले उमेरक्रमअनुसार दाजुभाइलाई पूजा गर्ने र फुपूले भतिजालाई पूजा गर्ने चलनसमेत रहेको उहाँले बताउनुभयो । यो परम्परा भक्तपुरका नेवार समुदायमा पुस्तौँदेखि घरघरमा निरन्तर चल्दै आएको उहाँको भनाइ छ ।

इतिहासविद् मुक्तिसुन्दर जधारीका अनुसार किजापूजासँग यमराज र यमुनाको पौराणिक कथासमेत जोडिएको छ । पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजुलाई मृत्युबाट जोगाउन यमराजसँग विभिन्न सर्त राखेर पूजा गर्नुभएको थियो। मखमली फूल नओइलाएसम्म र तेलको घेरा नसुकेसम्म दाजुभाइलाई मृत्युले नछुने विश्वासका साथ पूजा गरिएको कथन छ । यही मान्यताका आधारमा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै किजापूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले तिथिको अन्योल हटाउन पर्व मनाउने समयसमेत निर्धारण गरेको थियो । बैठकले २०८३ कात्तिक २२ गते आइतबार बिहान १०ः५४ बजेपछि औँसी तिथि प्रारम्भ हुने भएकाले साँझ दीपावली गरी लक्ष्मीपूजा गर्ने, कात्तिक २३ गते सोमबार बिहान ११ः३३ बजेपछि प्रतिपदा तिथि प्रारम्भ हुने भएकाले साँझ म्हःपूजा गर्ने र कात्तिक २४ गते मङ्गलबार दिउँसो १२ः४१ बजेपछि द्वितीया तिथि प्रारम्भ हुने भएकाले साँझ किजापूजा गर्ने निर्णय गरेको थियो ।

  • ख्वप
  • बारा
  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    ‘अपरेसन सभ्यता’ : १८ जना पक्राउ

  • ठाउँ ठाउँमा मनाइयो नेपाल संवत्को नयाँ वर्ष

    ठाउँ ठाउँमा मनाइयो नेपाल संवत्को नयाँ वर्ष

  • भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो

    भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो

  • वनमन्त्री चौधरी टर्किए प्रस्थान

    वनमन्त्री चौधरी टर्किए प्रस्थान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘अपरेसन सभ्यता’ : १८ जना पक्राउ

    भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

    भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

    कोप–३१ मा पर्वतीय मुद्दा सम्बोधन गर्न नेपालसहित तीन देशको संयुक्त पहल

    कोप–३१ मा पर्वतीय मुद्दा सम्बोधन गर्न नेपालसहित तीन देशको संयुक्त पहल

    ठाउँ ठाउँमा मनाइयो नेपाल संवत्को नयाँ वर्ष

    ठाउँ ठाउँमा मनाइयो नेपाल संवत्को नयाँ वर्ष

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution