Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

नेपाली मौलिक देउसी–भैलोको संरक्षण र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजित प्रतियोगितामा ‘पुन समाज पोखरा’ च्याम्पियन बनेको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २४, मंगलबार (५९ मिनेट अघि)
मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

कास्की, २४ कात्तिकः नेपाली मौलिक देउसी–भैलोको संरक्षण र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजित प्रतियोगितामा ‘पुन समाज पोखरा’ च्याम्पियन बनेको छ ।

पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिकाको पर्यटन प्रवद्र्धन शाखा र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा पोखरा–६ लेकसाइडस्थित गौरीघाटमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी ११ समूहलाई पछि पार्दै पुन समाज पोखरा प्रथम भएको हो । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति गरेको पुन समाजले नगद रु २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

नेपाली चाडपर्वसँग जोडिएका मौलिक कला, संस्कृति र परम्परा आधुनिकताका कारण ओझेलमा पर्दै गइरहेका बेला आयोजित प्रतियोगिताले पुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको सन्देश दिएको छ । प्रतियोगितामा सहभागी समूहले परम्परागत वेषभूषा, मौलिक भाका, शब्द, लय र तालमार्फत देउसी–भैलो प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा सहभागी समूहको मूल्याङ्कन मौलिकता, परम्परागत भाका, शब्द, लय, ताल, भेषभूषा र सांस्कृतिक प्रस्तुतिका आधारमा गरिएको थियो । मुख्य निर्णायक पोखरा प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति पद्मराज ढकाल रहनुभएको थियो ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले नेपाली मौलिक कला, संस्कृति र परम्परा पछिल्लो समय ओझेलमा पर्दै गएको उल्लेख गर्दै यसको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न यस्ता प्रतियोगिता प्रभावकारी हुने उहाँको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले मौलिक देउसी–भैलोको संरक्षणसँगै पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले नेपाली चाडपर्व र सांस्कृतिक परम्परालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सके पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने धारणा राख्नुभयो ।

प्रतियोगितामा सहभागी सबै समूहलाई नेपाली परम्पराअनुसार दानदक्षिणासहित बिदाइ गरिएको थियो । आयोजकका अनुसार प्रत्येक समूहलाई चामल, फलफूल, सेलरोटी, नगद रु पाँच हजार ५५५ र प्रमाणपत्र प्रदान गरिएको थियो । पोखरा पर्यटन परिषद्का महासचिव मिलन तिवारीले प्रतियोगितामा स्थानीय समूहका साथै स्वदेशी तथा विदेशी पर्यटकको समेत उल्लेख्य सहभागिता रहेको बताउनुभयो । मौलिक देउसी–भैलो विदेशी पर्यटकका लागि नेपाली संस्कृति बुझ्ने र प्रत्यक्ष अनुभव गर्ने नयाँ अवसर बनेको उहाँको भनाइ थियो ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले मौलिक संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनलाई एकसाथ जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । पोखरालाई प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न यस्ता कार्यक्रमले सहयोग पु¥याउने उहाँले उल्लेख गर्नुभयो ।

  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    विश्रान्ति वृद्धाश्रममा देउसीभैलोको रौनकः ज्येष्ठ नागरिकको मुहारमा खुसी

  • Post Thumbnail

    आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल

  • देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

    देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

  • Post Thumbnail

    दैलेखको मौलिक संस्कृति भोसोले सामाजिक सद्भावलाई कसिलो तुल्याउँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएलः सुदूरपश्चिमद्वारा जनकपुरलाई १२१ रनको लक्ष्य

    Post Thumbnail

    विधिपूर्वक गरियो गोवद्र्धन पूजा

    Post Thumbnail

    यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित

    मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

    मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution