Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

तनहुँमा स्क्रब टाइफसको जोखिम बढ्दो

तनहुँमा स्क्रब टाइफस सङ्क्रमणको जोखिम देखिएको छ ।
रासस ४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २४, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

दमौली (तनहुँ), २४ कात्तिकः तनहुँमा स्क्रब टाइफस सङ्क्रमणको जोखिम देखिएको छ ।

चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहका एक सय ५५ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार असोज महिनामा सबैभन्दा बढी आँबुखैरेनी गाउँपालिकामा ५४ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । त्यसैगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा समान ३४÷३४ जनामा सङ्क्रमण देखिएको छ ।

भिमाद नगरपालिकामा २३ जनामा सङ्क्रमण पुष्टि हुँदा शुक्लागण्डकी नगरपालिकामा सात, म्याग्दे गाउँपालिकामा दुई र भानु नगरपालिकामा एक जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको सूचना अधिकारी कँडेलले जानकारी दिनुभयो ।

स्थानीय तहअनुसारको विवरण हेर्दा आँबुखैरेनीमा मात्रै कुल सङ्क्रमितको करिब ३४.८ प्रतिशत अर्थात् झन्डै एक तिहाइ सङ्क्रमित भेटिएका छन् । स्क्रब टाइफस एक प्रकारको जीवाणुजन्य सङ्क्रामक रोग हो । खेतबारी, झाडी, घाँस तथा झारपात भएको क्षेत्रमा काम गर्ने वा समय बिताउने व्यक्तिमा यसको जोखिम रहने सूचना अधिकारी कँडेलले बताउनुभयो ।

स्क्रब टाइफस हुँदा सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक थकान महसुस हुने र शरीरमा दाना देखिने जस्ता लक्षण देखिन सक्छन् । कतिपयमा खोकी, वाकवाकी, बान्ता वा पेट दुख्ने समस्या पनि हुन सक्छ । समयमै पहिचान र उपचार नभए सङ्क्रमणले फोक्सो, मिर्गौला, मस्तिष्कलगायत शरीरका महत्वपूर्ण अङ्गमा असर पु¥याउन सक्छ ।

स्क्रब टाइफसबाट बच्न झाडी, घाँस तथा खेतबारीमा काम गर्दा पूरा शरीर ढाक्ने कपडा लगाउने, सम्भव भएसम्म जुत्ता र मोजा प्रयोग गर्ने तथा काम सकेपछि शरीर र कपडा जाँच गर्ने गर्नुपर्छ । घर वरपर झाडी तथा अनावश्यक घाँसपात हटाएर वातावरण सफा राख्नु पनि उपयोगी हुन्छ ।

  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    नदीमा डुबेर एक बालकको मृत्यु

  • Post Thumbnail

    पटका बरामद

  • Post Thumbnail

    पत्रकार विष्टलाई मातृशोक

  • Post Thumbnail

    देउसी–भैलोलाई अनुशासित रुपमा सञ्चालन गर्न निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोप–३१ मा पर्वतीय मुद्दा सम्बोधन गर्न नेपालसहित तीन देशको संयुक्त पहल

    कोप–३१ मा पर्वतीय मुद्दा सम्बोधन गर्न नेपालसहित तीन देशको संयुक्त पहल

    ठाउँ ठाउँमा मनाइयो नेपाल संवत्को नयाँ वर्ष

    ठाउँ ठाउँमा मनाइयो नेपाल संवत्को नयाँ वर्ष

    Post Thumbnail

    तनहुँमा स्क्रब टाइफसको जोखिम बढ्दो

    Post Thumbnail

    पोखरामा बुधबार भाइटिका महोत्सव

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution