Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भोजपुर

देउसीभैलोबाट विद्यालयमा आइटी कक्षा सञ्चालन गर्ने पहल

भोजपुरको अरुण गाउँपालिका–७ सिके्रटारस्थित सगरमाथा माध्यमिक विद्यालयमा सूचना प्रविधि (आइटी) कक्षा सञ्चालन गर्ने उद्देश्यले देउसीभैलो कार्यक्रममार्फत रकम जम्मा गरिएको छ ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २४, मंगलबार (२ घण्टा अघि)
Post Thumbnail

भोजपुर, २४ कात्तिक : भोजपुरको अरुण गाउँपालिका–७ सिके्रटारस्थित सगरमाथा माध्यमिक विद्यालयमा सूचना प्रविधि (आइटी) कक्षा सञ्चालन गर्ने उद्देश्यले देउसीभैलो कार्यक्रममार्फत रकम जम्मा गरिएको छ ।

विद्यालयमा प्रविधिमैत्री शिक्षाको विकास गर्दै विद्यार्थीलाई आधुनिक सूचना प्रविधिसम्बन्धी ज्ञान र सीप प्रदान गर्ने लक्ष्यका साथ स्थानीयवासीको सक्रियतामा सामूहिक देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको हो ।

विद्यालयमा आइटी कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन स्थानीयवासी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागितामा देउसीभैलो कार्यक्रम भइरहेको अरुण गाउँपालिका–७ का वडाध्यक्ष कुमार थापाले बताउनुभयो ।

उहाँका अनुसार स्थानीयक जनसहभागिता र सामूहिक प्रयासबाट विद्यालयको शैक्षिक विकासमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सोमबारबाट सञ्चालन गरिएको देउसीभैलो कार्यक्रमबाट करिब रु एक लाख रकम जम्मा भइसकेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

स्थानीयवासीको उत्साहजनक सहभागिताले विद्यालयमा आइटी कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने काम भइरहेको उहाँको भनाइ छ । ग्रामीण क्षेत्रका विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी शिक्षा प्रदान गर्न आवश्यक वातावरण निर्माण गर्ने लक्ष्यसहित देउसीभैलोबाट रकम जम्मा भइरहेको उहाँले बताउनुभयो ।

विद्यालयमा आइटी कक्षा सञ्चालन भएपछि विद्यार्थीलाई कम्प्युटर तथा आधुनिक प्रविधिसम्बन्धी आधारभूत ज्ञान हासिल गर्न सहज हुने वडाध्यक्ष थापाले बताउनुभयो ।

वर्तमान समयमा सूचना प्रविधिको महत्व बढ्दै गएको अवस्थामा विद्यालय तहदेखि नै विद्यार्थीलाई प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्न आवश्यक रहेको बताइन्छ । स्थानीयवासीको जनसहभागितामा सञ्चालन भइरहेको देउसीभैलो कार्यक्रमले विद्यालयको शैक्षिक विकासमा सहयोग पुग्ने स्थानीयवासी टेकबहादुर बस्नेतले बताउनुभयो ।

चाडपर्वका अवसरमा परम्परागत देउसीभैलो संस्कृतिको संरक्षण गर्दै सामुदायिक विद्यालयको विकासका लागि आर्थिक स्रोत जुटाउने अभियान सकारात्मक रहेको छ । स्थानीय अगुवा विमल खड्का, श्रीकुमार राई, लक्ष्मीप्रसाद अधिकारी, टेकबहादुर खड्कालगायतको अगुवाइमा देउसीभैलो कार्यक्रम सञ्चालन भइरहेको छ । स्थानीयवासीको सामूहिक प्रयासबाट विद्यालयमा प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ ।

  • भोजपुर
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो

  • आलेखः किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

    आलेखः किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

  • घरदैलोमै पुगेर विद्यार्थीको पढाइ र शैक्षिक अवस्थाबारे बुझ्दै जामुनाखर्क मावि

    घरदैलोमै पुगेर विद्यार्थीको पढाइ र शैक्षिक अवस्थाबारे बुझ्दै जामुनाखर्क मावि

  • Post Thumbnail

    गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोप–३१ः ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल

    कोप–३१ः ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल

    Post Thumbnail

    जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल

    Post Thumbnail

    एनपिएलः सुदूरपश्चिमद्वारा जनकपुरलाई १२१ रनको लक्ष्य

    Post Thumbnail

    विधिपूर्वक गरियो गोवद्र्धन पूजा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution