Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

कोप–३१ः ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नेपाल पभिलियनमा ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’ विषयक साइड इभेन्ट आयोजना गरिएको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २४, मंगलबार (१ घण्टा अघि)
कोप–३१ः ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल

काठमाडौँ, २४ कात्तिकः संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नेपाल पभिलियनमा ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’ विषयक साइड इभेन्ट आयोजना गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपिसी) र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संयुक्त आयोजनामा आज नेपाल पभिलियनमा सञ्चालन भएको उक्त विशेष अन्तरक्रिया कार्यक्रममा ऊर्जा पूर्वाधारमा जलवायु परिवर्तनले पारेको असर, क्षति न्यूनीकरण र स्वच्छ ऊर्जामा लगानी अभिवृद्धिका विषयमा गहन छलफल भएको थियो ।

प्रतिनिधिसभा सदस्य सागर ढकालको अध्यक्षतामा भएको उक्त सत्रमा एसियाली प्रविधि संस्थान (एआईटी) थाइल्यान्डका प्राध्यापक प्राडा शोभाकर ढकालले प्रमुख वक्ताका रूपमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण मिडल इस्ट टेक्निकल युनिभर्सिटी टर्कीएका होराइजन युरोप एमएससीए पोस्टडक्टोरल शोधकर्ता डा मुकेश घिमिरेले गर्नुभएको थियो ।

छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्राविधिक तथा पूर्वाधार सल्लाहकार इ शिरीष पाण्डे, इप्पानकी कार्यसमिति सदस्य ज्योति गैरे र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) दक्षिण कोरियाका वित्तीय रणनीतिक सहयोग एकाइ प्रमुख गुल्शन वशिष्ठ सहभागी हुनुहुन्थ्यो ।

छलफलको पहिलो चरणमा ऊर्जा पूर्वाधारमा हालैको क्षति र जलवायु उत्थानशीलताको आवश्यकता विषयमा चर्चा भएको थियो । ऊर्जा मन्त्रालयका प्राविधिक सल्लाहकार इन्जिनियर पाण्डेले ऊर्जा पूर्वाधारमा हालै भएका क्षतिहरूबारे जानकारी गराउनुभएको थियो । इप्पानकी सदस्य गैरेले जलवायु उत्थानशील ऊर्जा पूर्वाधार निर्माणमा निजी क्षेत्रका चुनौतीहरू प्रस्तुत गर्नुभएको थियो । जीजीजीआईका एकाइ प्रमुख वशिष्ठले जलवायु क्षति र उत्थानशील पूर्वाधारसम्बन्धी क्षेत्रीय अनुभव तथा विश्वव्यापी नवीन प्रवृत्तिका बारेमा जानकारी गराउनुभएको थियो ।

छलफलको दोस्रो चरणमा जलवायु उत्थानशील ऊर्जा पूर्वाधारका लागि योजना र लगानी विषयमा चर्चा गरिएको थियो । ऊर्जा मन्त्रालयका प्राविधिक सल्लाहकार इन्जिनियर पाण्डेले जलवायु जोखिम सामना गर्न सरकारी योजना, रणनीति, ऊर्जा समिश्रण र ब्याट्री इनर्जी स्टोरेज सिस्टमको आवश्यकताबारे जानकारी गराउनुभएको थियो ।

इप्पानकी सदस्य गैरेले पूर्वाधारसँग जोडिएका निजी क्षेत्रका चुनौती र जोखिमबारे आफ्नो धारणा राख्नुभएको थियो । जीजीजीआईका एकाइ प्रमुख वशिष्ठले आफ्नो संस्थाको ऊर्जा लगानी अनुभव, वित्तीय संयन्त्र र नेपालको विशेष उदाहरणका रूपमा एनआईएफआरएको ग्रीन ऊर्जा बन्डबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा सांसद ढकालले भोटेकोशी क्षेत्रको स्थलगत अनुभव र अन्तर्राष्ट्रिय सिकाइ सुनाउनुभएको थियो ।

ऊर्जा मन्त्रालयका प्राविधिक तथा पूर्वाधार सल्लाहकार पाण्डेले यस कार्यक्रमले नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याएर ऊर्जा पूर्वाधारमा बढ्दो जलवायु जोखिम, नेपालका उत्थानशीलताका प्राथमिकताहरू र जलवायु उत्थानशील एवं स्वच्छ ऊर्जा प्रणालीमा लगानी जुटाउने उपायहरूका बारेमा गहन छलफल गराएको बताउनुभयो । यसबाट जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानीको वातावरण बनाउन मद्दत पुग्ने उहाँको भनाइ थियो ।

  • काठमाडौँ
  • प्रतिनिधिसभा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • वनमन्त्री चौधरी टर्किए प्रस्थान

    वनमन्त्री चौधरी टर्किए प्रस्थान

  • Post Thumbnail

    विधिपूर्वक गरियो गोवद्र्धन पूजा

  • Post Thumbnail

    बर्दियामा मोटरसाइकल दुर्घटनाः १६ वर्षीय युवकको मृत्यु

  • Post Thumbnail

    आज भक्तपुरमा किजा पूजा गरिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कमला पुल निर्माण अन्तिम चरणमा

    सञ्जय बने चौथो स्टोन स्किपिङ च्याम्पियन

    सञ्जय बने चौथो स्टोन स्किपिङ च्याम्पियन

    वनमन्त्री चौधरी टर्किए प्रस्थान

    वनमन्त्री चौधरी टर्किए प्रस्थान

    पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली

    पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution