
काठमाडौँ, २४ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनायो । सुदूरपश्चिमका लागि ब्रेण्डन म्याक्मुलेनले ३३, थरिन्दु रत्नायकेले अविजित २६, आरिफ शेखले ११ तथा सैफ जेब र विनोद भण्डारीले समान १०–१० रन बनाए ।
बलिङतर्फ जनकपुर बोल्ट्सका लागि कप्तान हरमित सिंहले ४ तथा आदित्य महता, अभिषेक तिवारी, ह्यारी टेक्टर र राहुल यादवले समान एक एक विकेट लिए ।
हालसम्म पाँच खेल खेलेको सुदूरपश्चिमले तीनमा जित र दुईमा हार बेहोरेको छ । छ अङ्क जोडेको सुदूरपश्चिम अङ्क तालिकाको तेस्रो स्थानमा छ ।
जनकपुरले पनि हालसम्म पाँच खेल खेलेको छ । उसले दुईमा जित र तीनमा हार व्यहोरेको छ । चार अङ्कसहित जनकपुर पाँचौँ स्थानमा छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |