Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सिन्धुपाल्चोक

डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो

थाङ्पाल भ्याली माध्यमिक विद्यालयले डिजिटल विद्यालय निर्माण गर्नका लागि देउसीभैलो कार्यक्रम गरेको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २४, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

सिन्धुपाल्चोक, २४ कात्तिकः थाङ्पाल भ्याली माध्यमिक विद्यालयले डिजिटल विद्यालय निर्माण गर्नका लागि देउसीभैलो कार्यक्रम गरेको छ ।

सो विद्यालय सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मा रहेको छ । विद्यालय बागमती प्रदेशको नमूना विद्यालय हो ।

कार्यक्रमबाट रु १७ लाख २१ हजार जम्मा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले बताउनुभयो ।

“डिजिटल विद्यालय निर्माण अभियानमा खेलिएको देउसीभैलोबाट रु १० लाख ८१ हजार नगद र छ लाख ४० हजारको स्मार्ट बोर्ड प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “यो रकम र सामग्री हामी डिजिटल विद्यालय निर्माणमा खर्च गर्नेछौँ ।”

अभियानलाई सहयोग गर्नुहुने अभिभावक, पूर्वविद्यार्थी, शुभचिन्तक तथा दाताहरूप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो । विद्यालयलाई प्रविधिमैत्री बनाउँदै ग्रामीण क्षेत्रका बालबालिकालाई आफ्नै गाउँमा गुणस्तरीय र आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत देउसीभैलो आयोजना गरिएको प्रधानाध्यापक राजु तामाङले बताउनुभयो ।

कार्यक्रममा पाँचपोखरी, हेलम्बु, मेलम्ची, इन्द्रावती, बाह्रबिसेलगायत क्षेत्रका व्यक्तित्वहरूका साथै जनप्रतिनिधि, कर्मचारी, वडाध्यक्ष, पूर्वविद्यालय अध्यक्ष तथा वर्तमान विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र विद्यार्थीकोे उपस्थिति थियो ।

बागमती प्रदेशको नमूना विद्यालयका रूपमा रहेको यस विद्यालयमा हाल २४ कोठा रहेका छन् । सबै कक्षाकोठालाई स्मार्ट कक्षाकोठामा रूपान्तरण गर्ने लक्ष्यसहित २४ वटा स्मार्ट बोर्ड आवश्यक रहेको विद्यालयले जनाएको छ । अभियानको पहिलो चरणमा यस वर्ष १० वटा स्मार्ट बोर्ड खरिद गर्ने लक्ष्य विद्यालयले राखेको छ ।

  • सिन्धुपाल्चोक
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    देउसीभैलोबाट विद्यालयमा आइटी कक्षा सञ्चालन गर्ने पहल

  • आलेखः किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

    आलेखः किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

  • घरदैलोमै पुगेर विद्यार्थीको पढाइ र शैक्षिक अवस्थाबारे बुझ्दै जामुनाखर्क मावि

    घरदैलोमै पुगेर विद्यार्थीको पढाइ र शैक्षिक अवस्थाबारे बुझ्दै जामुनाखर्क मावि

  • Post Thumbnail

    गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विधिपूर्वक गरियो गोवद्र्धन पूजा

    Post Thumbnail

    यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित

    मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

    मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

    न्यायोचित ऊर्जा रूपान्तरण सुनिश्चित गर्न माग

    न्यायोचित ऊर्जा रूपान्तरण सुनिश्चित गर्न माग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution