Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
अन्ताल्या

जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु अनुकूलन प्राविधिक वा वातावरणीय प्रतिक्रियामा मात्र सीमित नभई जलवायु न्यायसँग समेत जोडिएको विषय भएको बताउनुभएको छ ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २४, मंगलबार (५५ मिनेट अघि)
Post Thumbnail

अन्ताल्या (टर्किए), २४ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु अनुकूलन प्राविधिक वा वातावरणीय प्रतिक्रियामा मात्र सीमित नभई जलवायु न्यायसँग समेत जोडिएको विषय भएको बताउनुभएको छ ।

टर्कीएको अन्ताल्यामा सोमबारदेखि जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) अन्तर्गत अल्पविकसित मुलुकहरू (एलडीसी) का तर्फबाट आयोजित ‘हाइ लेभल डायलग अन एडप्टेसन’लाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनमा सबैभन्दा कम योगदान गर्ने अल्पविकसित मुलुकहरू नै यसका बढ्दो र गम्भीर प्रभावबाट सबैभन्दा बढी प्रभावित भइरहेको बताउनुभयो ।

“अल्पविकसित मुलुकहरूका लागि अनुकूलन केवल प्राविधिक वा वातावरणीय प्रतिक्रिया मात्र होइन, यो जलवायु न्यायको विषय पनि हो । जलवायु परिवर्तनमा हाम्रो योगदान सबैभन्दा कम भए पनि यसका बढ्दो र गम्भीर प्रभावबाट हामी नै सबैभन्दा बढी प्रभावित भइरहेका छौंँ”, उहाँले भन्नुभयो । सम्बोधनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै जलवायु परिवर्तनका कारण उत्पन्न विपद्हरूले पु¥याएको मानवीय तथा आर्थिक क्षतिको चर्चा गर्दै जलवायु जोखिममा रहेका मुलुकहरूले अब जलवायु कार्यका लागि थप ढिलाइ पर्खन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले अल्पविकसित मुलुकहरूले राष्ट्रिय अनुकूलन योजनामार्फत स्थानीय तहमा आधारित र मानवकेन्द्रित अनुकूलनका प्रयासलाई निरन्तर अघि बढाइरहेको उल्लेख गर्दै त्यस्ता राष्ट्रिय प्रयासलाई अन्तर्राष्ट्रिय जलवायु वित्त तथा सहयोगले साथ दिनुपर्नेमा जोड दिनुभयो ।

विशेषगरी जलवायु जोखिममा रहेका र विकासको दौडमा पछाडि परेका मुलुकहरूको बदलिँदो राष्ट्रिय आवश्यकता अनुरूप अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुनुपर्ने उहाँको भनाइ थियो । परराष्ट्रमन्त्री खनालले अल्पविकसित मुलुकहरूका तर्फबाट जलवायु अनुकूलनका लागि वित्तीय सहयोग बढाउने प्रतिबद्धतालाई स्पष्ट, विश्वसनीय र कार्यान्वयनयोग्य प्रक्रियामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै, जलवायु वित्तमा पहुँचलाई सरल र सहज बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

परराष्ट्रमन्त्री खनालले जलवायु उत्थानशीलतासम्बन्धी विश्वव्यापी कार्यढाँचा (यूएई फ्रेमवर्क फर ग्लोबल क्लाइमेट रेजिलियन्स) र बेलेम अनुकूलन सूचकहरूअनुरूप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अनुकूलनसम्बन्धी कार्यलाई तीव्रता दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय समुदायको नेतृत्वमा सञ्चालन हुने अनुकूलनका उपायलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै स्थानीय संस्थाहरूको क्षमता सुदृढ गर्ने तथा जलवायु जोखिमको अग्रपङ्क्तिमा रहेका समुदायलाई आफ्ना अनुकूलन प्राथमिकता र लगानीका क्षेत्र आफैं निर्धारण गर्न सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो ।

  • अन्ताल्या
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • न्यायोचित ऊर्जा रूपान्तरण सुनिश्चित गर्न माग

    न्यायोचित ऊर्जा रूपान्तरण सुनिश्चित गर्न माग

  • Post Thumbnail

    दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

  • Post Thumbnail

    परम्परागत पानी घट्ट लोभ हुँदै

  • Post Thumbnail

    दीपावली सकिएसँगै छठ पर्वको तयारी गरिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    वनमन्त्री चौधरी टर्किए प्रस्थान

    वनमन्त्री चौधरी टर्किए प्रस्थान

    पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली

    पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली

    कोप–३१ः ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल

    कोप–३१ः ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल

    Post Thumbnail

    जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution