Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण

तनहुँको म्याग्दे गाउँपालिकामा सयपत्री फूलखेती विस्तार भएको छ । गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदान दिएर फूलखेतीमा प्रोत्साहन गरेपछि चालु वर्ष गाउँपालिकाका विभिन्न वडामा २० रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको हो ।
रासस ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

दमौली (तनहुँ), २३ कात्तिक: तनहुँको म्याग्दे गाउँपालिकामा सयपत्री फूलखेती विस्तार भएको छ । गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदान दिएर फूलखेतीमा प्रोत्साहन गरेपछि चालु वर्ष गाउँपालिकाका विभिन्न वडामा २० रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको हो ।

गाउँपालिकाभित्र आवश्यक पर्ने फूल स्थानीयस्तरमा उत्पादन गरी बाहिरबाट आयात हुने फूलको निर्भरता घटाउने उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गर्दै उत्पादन वृद्धि गर्ने, आयआर्जनका अवसर बढाउने र यहाँ उत्पादित फूलको उपयोग बढाउने लक्ष्य राखिएको उहाँको भनाइ छ ।

श्रेष्ठका अनुसार चालु वर्ष विभिन्न वडामा गरी २० दशमलव पाँच रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ । सबैभन्दा बढी म्याग्दे गाउँपालिका-४ छिम्लीश्वारामा १६ रोपनी क्षेत्रफलमा फूलखेती गरिएको छ । यहाँ चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले सामूहिक रूपमा फूलखेती गरेको हो ।

त्यस्तै, सोही वडाका घन विक्रम आलेले दुई रोपनी क्षेत्रफलमा सयपत्री लगाउनुभएको छ । म्याग्दे गाउँपालिका-६ सिम्लेका सन्तोष श्रेष्ठले दुई रोपनी र वडा नम्बर ५ थाङ्दीकी सविना थापाले आधा रोपनी क्षेत्रफलमा फूलखेती गर्नुभएको छ । बजार पाएपछि फूलखेतीको क्षेत्रफल विस्तार हुँदै भएको किसान बताउँछन् ।

म्याग्दे-४ छिम्लीश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले अघिल्लो वर्ष छ रोपनी क्षेत्रफलमा सयपत्री लगाएको थियो । उत्पादित फूलले बजारमा माग बढी आएपछि यस वर्ष क्षेत्रफल बढाएर १६ रोपनी पुर्‍याइएको समूहकी अध्यक्ष जितमाया रानाले बताउनुभयो । अघिल्लो वर्षको उत्पादन बिक्री गर्न सहज भएपछि किसानमा फूलखेतीप्रति थप उत्साह जागेको उहाँको भनाइ छ ।

बजारको सम्भावना देखेपछि समूहले यस वर्ष थप क्षेत्रफलमा खेती गरेको हो । “अघिल्लो वर्ष छ रोपनीमा सयपत्री लगाएका थियौँ । उत्पादन भएको फूलले राम्रो बजार पाएपछि थप उत्साहित भएका छौँ । बिक्रीमा समस्या नभएपछि यस वर्ष क्षेत्रफल विस्तार गरेर १६ रोपनीमा खेती गरेका छौँ”, रानाले भन्नुभयो ।

अनुदानले फूलखेतीमा आकर्षणगाउँपालिकाले अनुदान दिएर प्रोत्साहन गरेपछि आफू पनि फूलखेतीमा आकर्षित भएको म्याग्दे-६ सिम्लेका कृषक सन्तोष श्रेष्ठले बताउनुभयो । उहाँले दुई रोपनी क्षेत्रफलमा सयपत्री लगाउनुभएको छ । किसानलाई प्रोत्साहन गर्ने स्थानीय सरकारको कार्यक्रमले नयाँ खेती गर्न हौसला मिलेको उहाँको भनाइ छ । तर, उत्पादन गरेर मात्रै नहुने भएकाले उत्पादित फूलको बिक्रीवितरणको व्यवस्था पनि मिलाउनुपर्ने उहाँले बताउनुभयो ।

“गाउँपालिकाले अनुदान दिएर प्रोत्साहन गरेपछि फूलखेती सुरु गरेको हुँ । किसानलाई स्थानीय सरकारले सहयोग गर्दा नयाँ खेती गर्न उत्साह मिल्दो रहेछ”, किसान श्रेष्ठले भन्नुभयो, “अब म्याग्देमै उत्पादन भएको फूल स्थानीयस्तरमै बिक्रीवितरण हुने व्यवस्था मिलाउनुपर्छ ।” उहाँले तिहारका बेला भारतबाट फूल आयात हुने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय किसानले उत्पादन गरेको फूलले बजार पाउने वातावरण बनाउन सके किसानलाई थप प्रोत्साहन मिल्ने उहाँको धारणा छ ।

तिहारमा सयपत्री फूलको माग उच्च हुने गर्छ । घर, मठमन्दिर तथा विभिन्न पूजाआजामा फूल र मालाको प्रयोग हुने भएकाले यस समयमा फूलको खपत बढ्छ । मागअनुसार स्थानीय उत्पादन पर्याप्त नहुँदा विगतमा बाहिरबाट फूल ल्याउनुपर्ने अवस्था रहँदै आएको छ । स्थानीयस्तरमै खेती विस्तार गर्न सके बाहिरबाट आउने फूलको निर्भरता घटाउन सकिने किसानको अपेक्षा छ ।

म्याग्देमा उत्पादन भएको सयपत्री फूल गाउँपालिकाभित्रै खपत हुने गरी बिक्रीवितरणको व्यवस्था मिलाउनुपर्ने उहाँहरूको सुझाव छ । गाउँपालिका अध्यक्ष श्रेष्ठका अनुसार पालिकाभित्र आवश्यक पर्ने फूल यहीँ उत्पादन गर्ने उद्देश्यले अनुदान कार्यक्रम अघि बढाइएको हो । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै किसानको आम्दानी बढाउने र गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउने लक्ष्य रहेकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

म्याग्देमा सयपत्री फूलखेतीको विस्तारले स्थानीय किसानका लागि आम्दानीको नयाँ सम्भावना खोलेको छ । तरकारी तथा फलफूलखेती गर्दै आएका किसानसमेत फूलखेतीतर्फ आकर्षित हुन थालेका छन् । सामूहिक र व्यक्तिगत दुवै रूपमा खेती विस्तार हुनुले स्थानीयस्तरमा फूलखेतीप्रतिको चासो बढेको हो ।

  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    विद्यालयमा अनुगमन तीव्र, शैक्षिक गुणस्तर सुधारमा जोड

  • सयपत्री फूलखेती गर्ने किसान सम्मानित

    सयपत्री फूलखेती गर्ने किसान सम्मानित

  • फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ

    फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ

  • कम छैन फूल उत्पादन गर्ने किसानको दुःख

    कम छैन फूल उत्पादन गर्ने किसानको दुःख

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा दुई जना सम्मानित

    ‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

    ‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

    Post Thumbnail

    सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    Post Thumbnail

    तिहारको झिलिमिली दृश्य हेर्न केबलकार चढ्दै इलासम्म

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution