
काठमाडौँ, २३ कात्तिक: महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वउपकुलपति वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याललाई सम्मान गरिएको छ । नयाँबस्ती युवा क्लबको ४०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार यहाँ आयोजित कार्यक्रममा उहाँहरूलाई सम्मान गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गा उप्रेतीले दुई जनालाई सम्मान गर्दै नेपाली भाषा, साहित्य, वाङ्मय र संस्कृतिको उन्नयनमा त्रिपाठी र अर्यालले ठूलो योगदान गर्नुभएको बताउनुभयो । उहाँले साहित्यको विकासका लागि भाषा–शैलीमा आधुनिक वाक्यविन्यासलाई प्रयोगमा ल्याउँदा नेपाली भाषा थप गतिशील हुने विश्वास व्यक्त गर्नुभयो ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले लेखकले समाजमा भएका विसङ्गति र विकृतिका विरुद्ध साहित्य सिर्जना गरी आर्थिक तथा सामाजिक रुपान्तरणमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
सम्मानित स्रष्टा त्रिपाठीले सामाजिक विकासका लागि साहित्य सशक्त माध्यम भएको बताउँदै स्रष्टाले समाजका सांस्कृतिक सम्पदा, जातीय विविधता, आर्थिक पीरमर्कालाई गहिरो अध्ययन, अनुभूति गरी र भाषा-कौशलमार्फत यथार्थतालाई प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
सम्मनित स्रष्टा अर्यालले महाकवि देवकोटाको जन्मजयन्तीको अवसरमा सम्मान हुन पाउँदा खुसी व्यक्त गर्दै सामाजिक क्षेत्रमा थप क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |