Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नारायणगढ

विद्यालयमा अनुगमन तीव्र, शैक्षिक गुणस्तर सुधारमा जोड

चितवनमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले शिक्षा विकास तथा समन्वय इकाईले पछिल्ला दिनमा विद्यालय अनुगमनलाई तीव्रता दिएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

नारायणगढ (चितवन), २३ कात्तिकः चितवनमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले शिक्षा विकास तथा समन्वय इकाईले पछिल्ला दिनमा विद्यालय अनुगमनलाई तीव्रता दिएको छ ।

जिल्लाका केही विद्यालयमा अनुगमनका क्रममा शैक्षिक गुणस्तरभन्दा भौतिक संरचना निर्माण तथा शिक्षक र कर्मचारीको नियुक्ति, सरुवा र बढुवाजस्ता विषयमा विद्यालय व्यवस्थापन समितिको ध्यान बढी केन्द्रित भएको पाइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कृष्णचन्द्र पोखरेलले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न अनुगमनलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँका अनुसार गत भदौ २१ गते जिम्मेवारी सम्हालेपछि विद्यालय अनुगमन सुरु गरिएको हो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई आफ्नो जिम्मेवारी र कानुनले तोकेको कार्यक्षेत्रबारे अभिमुखीकरण गर्नुपर्ने आवश्यकता देखिएको उहाँको भनाइ छ ।

अनुगमनका क्रममा शिक्षक तथा प्रधानाध्यापकले कक्षाकोठाको शिक्षण अभ्यास अवलोकन गरी प्राविधिक सहयोग गर्न सुझाव दिएको उहाँले जानकारी दिनुभयो । त्यसका लागि विज्ञसहितको टोली बनाएर विद्यालय अनुगमन गर्ने तयारी गरिएको उहाँको भनाइ छ ।

पोखरेलले भन्नुभयो, “अनुगमनका क्रममा धेरै शिक्षक तथा प्रधानाध्यापक उत्साहित हुनुभएको छ । विद्यालयमा देखिएका समस्या समाधानका लागि प्राविधिक सहयोग गर्न उहाँहरूले सुझाव दिनुभएको छ । विशेषगरी कक्षाकोठा अवलोकन गरी शिक्षण सिकाइमा आवश्यक प्राविधिक सहयोग गर्नुपर्ने उहाँहरूको सुझाव छ ।” उहाँका अनुसार अनुगमनको विवरण सम्बन्धित मन्त्रालय तथा विभागमा पठाइएको छ ।

विद्यालय अनुगमनमा स्थानीय तहसँग पनि समन्वय गरिएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा राजनीतिक हस्तक्षेपको अनुभूति नभएको उल्लेख गर्दै उहाँले शिक्षकबाट अनुगमनलाई निरन्तरता दिन र विद्यालयका समस्या पहिचान गरी सुझाव दिन आग्रह भएको बताउनुभयो ।

अनुगमनलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले आफूले थालेको कामलाई केही समयका लागि गरिएको देखावटी प्रयासका रूपमा व्याख्या गर्ने र नकारात्मक टिप्पणी गर्ने गरिएको पनि गुनासो गर्नुभयो । यस्ता टिप्पणीले काम गर्ने उत्साहमा असर पर्ने उहाँको भनाइ छ ।

चितवनमा सामुदायिक, संस्थागत र धार्मिक गरी ४९७ विद्यालय सञ्चालनमा छन् । इकाईका अनुसार जिल्लामा ३२५ सामुदायिक, १६५ संस्थागत र सात धार्मिक विद्यालय छन् । चितवन २०७१ सालमै साक्षर जिल्ला घोषणा भएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको साक्षरता दर ८३ दशमलव ६८ प्रतिशत छ ।

  • चितवन
  • नारायणगढ
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • सयपत्री फूलखेती गर्ने किसान सम्मानित

    सयपत्री फूलखेती गर्ने किसान सम्मानित

  • फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ

    फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ

  • कम छैन फूल उत्पादन गर्ने किसानको दुःख

    कम छैन फूल उत्पादन गर्ने किसानको दुःख

  • Post Thumbnail

    विपन्न विद्यार्थीलाई विद्यालय पोसाक वितरण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पशुपन्छीको बीमा गर्दै किसान

    पशुपन्छीको बीमा गर्दै किसान

    Post Thumbnail

    तिहारको चौथो दिन गाईपूजा गरिँदै

    आजदेखि कोप–३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

    आजदेखि कोप–३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

    Post Thumbnail

    आधुनिकताले ओझेलमा पर्दै तिहारका मौलिक परम्परा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution