
काठमाडौँ, २० कात्तिकः साइबर ‘स्क्याम’ र ठगी शीघ्र नियन्त्रण गरी डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यका साथ सरकारले ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा ल्याएको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोमा स्थापना गरिएको सो केन्द्रबाट नियामक निकाय, प्रहरी, बैङ्क, वालेट, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक संस्थाले एकीकृत रूपमा सेवा दिनेछन् । प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीको उपस्थितिमा आज उक्त केन्द्रबाट सेवा शुभारम्भ गरिएको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक केसीले साइबर, अनलाइन ठगीजस्ता डिजिटल वित्तीय चुनौती सम्बोधन गर्न सम्बन्धित निकायको आपसी सहयोग, समन्वय र सहकार्य अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
नेपाल सरकारको गत असोज २३ गतेको निर्णयबाट स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना र कार्यसञ्चालनसम्बन्धी दिग्दर्शन, २०८३’ बमोजिम केन्द्र स्थापना गरिएको हो ।
साइबर ठगीसम्बन्धी उजुरी तथा सूचनालाई २४ सै घण्टा प्राप्त गर्नका लागि केन्द्रमा सम्पर्क अधिकृत तोकिएको छ । ठगीमा परेका व्यक्तिले १२४७ नम्बरमा टेलिफोन गरेर उजुरी गर्न सक्नेछन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |