Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भद्रपुर

भूमिहीनलाई पुर्जा वितरण प्रक्रिया तीव्र

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको भ्रमणपछि झापामा भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तीव्र पारिएको छ ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (५५ मिनेट अघि)
Post Thumbnail

भद्रपुर (झापा), २१ कात्तिकः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको भ्रमणपछि झापामा भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तीव्र पारिएको छ ।

जिल्ला भूमि समस्या समाधान समितिले पहिलो चरणमा तीन स्थानीय तहका दुई हजार ३३९ परिवारलाई पुर्जा वितरण गर्ने तयारी गरेको छ । समितिको आजको बैठकले बुद्धशान्ति, अर्जुनधारा र मेचीनगरबाट प्रमाणीकरण भई आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको नामावली सार्वजनिक गरेको हो ।

पहिलो चरणमा बुद्धशान्ति गाउँपालिकाका एक हजार ३६४, अर्जुनधारा नगरपालिकाका ९६४ र मेचीनगर नगरपालिकाका ११ परिवारको नामावली प्राप्त भएको समितिले जनाएको छ ।

एकैपटक दुई हजार ३३९ परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी झापा जिल्लाकै इतिहासमा पहिलो महत्वपूर्ण घटना हुन सक्ने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहबाट थप नामावली प्रमाणीकरण भई आएपछि छानबिन गरेर दोस्रो चरणको सूचना प्रकाशन गरिनेछ ।

झापामा भूमिहीन दलिततर्फ दुई हजार ८९६, भूमिहीन सुकुम्बासीतर्फ १५ हजार ७८३ र अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ८५१ गरी कुल ६० हजार ५७० परिवारले जग्गा प्राप्तिका लागि आवेदन दिएका छन् । यसबाहेक अघिल्ला आयोगका पालामा अधुरो तथा अपुरो अवस्थामा रहेका पाँच हजार २९६ परिवारका निवेदन छन् ।

केही दिनअघि झापा भ्रमणका क्रममा मन्त्री रावलले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणको काम तत्काल अघि बढाउन प्रमुख जिल्ला अधिकारी पोखरेललाई निर्देशन दिनुभएको थियो । सोही निर्देशनपछि पोखरेलले थप जनशक्ति परिचालन गरी पुर्जा वितरण प्रक्रियालाई तीव्रता दिनुभएको हो ।

  • झापा
  • भद्रपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • डिजिटल धुनको भीडमा हराएन मादलको ताल

    डिजिटल धुनको भीडमा हराएन मादलको ताल

  • Post Thumbnail

    सयपत्रीले दिलाएको खुसी

  • Post Thumbnail

    सदस्यसचिव शर्मा पदमुक्त

  • रैथाने व्यापार मेला सुरु

    रैथाने व्यापार मेला सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हात्तीदह सिमसारः पर्यापर्यटनको विकासले उकासिँदै ग्रामीण अर्थतन्त्र

    हात्तीदह सिमसारः पर्यापर्यटनको विकासले उकासिँदै ग्रामीण अर्थतन्त्र

    डिजिटल धुनको भीडमा हराएन मादलको ताल

    डिजिटल धुनको भीडमा हराएन मादलको ताल

    Post Thumbnail

    भूमिहीनलाई पुर्जा वितरण प्रक्रिया तीव्र

    Post Thumbnail

    सयपत्रीले दिलाएको खुसी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution