Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दैलेख

दैलेख प्रमुख जिल्ला अधिकारी (प्रजिअ)विहीन

दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारविहीन भएको झन्डै एक महिना पुगेको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (४१ मिनेट अघि)
Post Thumbnail

दैलेख, २० कात्तिकः दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारविहीन भएको झन्डै एक महिना पुगेको छ ।

दसैँ सकिएर तिहार नजिकिँदै गर्दासमेत जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा जनताका दैनिक काममा कठिनाइ भएको छ ।

जिल्लाको शान्ति सुरक्षा, दैनिक प्रशासनिक काम, कर्मचारीको तलब तथा राहत र क्षतिपूर्तिको रकम वितरणलगायतका काममा कठिनाइ भएको छ ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी आनन्द सारुको सरुवा भए पछि नयाँ प्रजिअ नआउँदा हाल दैलेख जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारीको भरमा चलिरहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीले प्रमुख जिल्ला अधिकारी नहुँदा आर्थिक तथा ठूला मुद्दा हेर्ने र फैसला गर्ने अधिकार आफूलाई नभएको बताउनुभयो ।

प्रजिअ नहुँदा प्रशासन भित्रका २२ कर्मचारीले तलब पाउन सकेका छैनन् । यसैगरी, जीवन निर्वाह भत्ता पाउने ३० जनाको काम रोकिएको छ ।

विभिन्न कानुनी प्रक्रियाका धरौटी फिर्ता, वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति र दैवी प्रकोपका पीडितहरूले पाउने राहत रकम भुक्तानी पूर्ण रूपमा रोकिएको छ, लेखापाल रूपाखेतीले भन्नुभयो ।

भौगोलिक दृष्टिले दैलेख जिल्ला संवेदनशील मानिन्छ । कर्णाली राजमार्ग, दैलेख–सुर्खेत सडक र मध्यपहाडी राजमार्ग हुने आवागमन तथा सुरक्षा व्यवस्थापनका लागि जिल्लामा निरन्तर जिम्मेवारी नेतृत्वको र प्रशासनिक समन्वयको आवश्यक पर्छ । तर, नेतृत्व नै नहुँदा शान्ति सुरक्षाको अवस्था थप जोखिमपूर्ण बन्दै गएको छ ।

उद्योग वाणिज्य सङ्घ दैलेखका अध्यक्ष नरेन्द्र थापाले सरकारले तत्काल नयाँ प्रमुख जिल्ला अधिकारी पठाउनुपर्ने बताउनुभयो ।

  • दैलेख
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • सङ्कटमा मादल बनाउने पेसा

    सङ्कटमा मादल बनाउने पेसा

  • Post Thumbnail

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

  • क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

    क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

  • हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

    हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञको सुझाव

    Post Thumbnail

    दैलेख प्रमुख जिल्ला अधिकारी (प्रजिअ)विहीन

    एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

    एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

    सङ्कटमा मादल बनाउने पेसा

    सङ्कटमा मादल बनाउने पेसा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution