Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

निर्दलीय पञ्चायकालीन समयमा वामपन्थी नेताहरुलाई दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
रासस ११०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (१ घण्टा अघि)
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

काठमाडौँ, २० कात्तिकः निर्दलीय पञ्चायकालीन समयमा वामपन्थी नेताहरुलाई दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिस्थित आर्यघाटमा आज दिवङ्गत पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली प्रकट गर्नुभयो । एकान्नब्बे वर्षीया उहाँको भक्तपुरको लोकन्थलीस्थित बिहीबार साँझ निधन भएको थियो ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्वसभामुख देवराज घिमिरेलगायतका महानुभाव आज आर्यघाट जानु भई मुलुकमा लोकतन्त्र स्थापनाका लागि उहाँले खेल्नुभएको योगदानप्रति उच्च सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमासमेत रहनुभएकी स्व पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री पार्वत गुरुङ, सङ्घीय सांसद, प्रदेशसभाका सदस्य, बागमती प्रदेशका पूर्वमन्त्री रचना खड्कालगायतका नेता आर्यघाट पुग्नुभएको थियो ।

पञ्चायकालको भूमिगत जीवनमा अध्यक्ष ओली, पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा नेताहरु अमृत बोहरा, केशव बडाल, माधव पौडेललगायतलाई उहाँले आश्रय दिनुभएको थियो ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व पोखरेलका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

  • काठमाडौँ
  • दोलखा
  • भक्तपुर
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

    जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

  • Post Thumbnail

    पार्टी र सरकारबीच समन्वयको अभाव छैनः सभापति लामिछाने

  • प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी

    प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी

  • Post Thumbnail

    निवर्तमान प्रहरी महानिरीक्षक कार्कीद्वारा सर्वोच्चमा रिट पेस

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘लेख्छ पोखरा’ अभियान आरम्भ

    Post Thumbnail

    लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

    विचारः आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प

    विचारः आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प

    Post Thumbnail

    प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञको सुझाव

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution