Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नारायणगढ

पार्टी र सरकारबीच समन्वयको अभाव छैनः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि किसिमको समन्वय अभाव नरहेको बताउनुभएको छ ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (५५ मिनेट अघि)
Post Thumbnail

नारायणगढ (चितवन), २० कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि किसिमको समन्वय अभाव नरहेको बताउनुभएको छ ।

बिहीबार राति सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिने नीति लिएको उल्लेख गर्नुभयो । पार्टी र सरकारका कामकारबाहीमा आवश्यकताअनुसार छलफल, सुझाव र स्पष्टता खोज्ने अभ्यासलाई असमझदारीका रूपमा बुझ्न नहुने उहाँको भनाइ थियो ।

सभापति लामिछानेले भन्नुभयो, “समन्वयको कुनै पनि कमी छैन । खाली एउटै चिज के भने, सरकारलाई मजाले काम गर्न दिनुपर्छ भन्ने पार्टीको धारणा हो ।”

सभापति लामिछानेले विगतमा सरकार टिकाउन र पार्टीभित्र एकता कायम राख्न प्रधानमन्त्रीसँगै अर्को व्यक्तिलाई राखेर काम गर्ने अभ्यास आफ्नो पार्टीले नगरेको स्पष्ट पार्नुभयो । पार्टी र सरकारले आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्ने उहाँको भनाइ थियो ।

“हामी राजनीतिमा त्यो अभ्यासको पक्षमा छैनौँ, जतिखेर सरकारै टिकाइराख्नका लागि, पार्टीमा एकता नै कायम गर्नका लागि, छेउमा प्रधानमन्त्रीले अर्को मान्छेलाई कुर्सी राख्ने, त्यस्तो किसिमको अभ्यासमा हामी छैनौँ”, सभापति लामिछानेले भन्नुभयो ।

सरकारका निर्णयमा प्रश्न उठेमा पार्टीले स्पष्टता माग्नु स्वाभाविक भएको उल्लेख गर्दै उहाँले पार्टीले सरकारका सबै निर्णयमा होमा हो मिलाउनुपर्ने अवस्था नरहेको बताउनुभयो । सरकारले गरेका निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हुने उहाँको भनाइ थियो । प्रहरी महानिरीक्षक (आइजिपी) को जिम्मेवारी हेरफेरलगायत विषयमा पार्टीले सरकारसँग स्पष्टता मागेको प्रसङ्गमा सभापति लामिछानेले सुरक्षा निकायसँग सम्बन्धित निर्णय संवेदनशील हुने भएकाले सरकारले समय आएपछि त्यसको औचित्य पुष्टि गर्ने बताउनुभयो ।

“पार्टीले कुनै पनि सरकारले काम गर्नका लागि आवश्यकपर्ने कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ”, उहाँले भन्नुभयो ।

सरकारका कामकारबाहीमा सुधारको आवश्यकता देखिए पार्टीले खबरदारी गर्ने उल्लेख गर्दै सभापति लामिछानेले त्यसलाई सरकार र पार्टीबीचको विवादका रूपमा व्याख्या नगर्न आग्रह गर्नुभयो । लोकतन्त्रका मूल्य र मान्यताप्रति पार्टी स्पष्ट रहेको बताउँदै उहाँले आवश्यक पर्दा सरकारलाई सही बाटोमा ल्याउन पार्टीले भूमिका खेल्ने बताउनुभयो ।

राज्यका निकायलाई संविधान र कानुनले दिएको अधिकार सही ढङ्गले प्रयोग गर्न दिनुपर्ने बताउँदै सभापति लामिछानेले अनुसन्धानका विषयमा संस्थागत प्रक्रियामाथि विश्वास गर्नुपर्ने धारणा राख्नुभयो । प्रहरी प्रशासन, अदालत, प्रेस काउन्सिल तथा मानवअधिकार आयोगजस्ता संस्थालाई बलियो बनाउनुपर्ने उल्लेख गर्दै उहाँले कुनै निकायबाट गलत काम भए त्यसलाई सच्याउने संस्थागत व्यवस्था रहेको बताउनुभयो ।

सरकार र पार्टीबीचको सम्बन्धबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा सभापति लामिछानेले पार्टीले सरकारलाई काम गर्न दिने र आवश्यकताअनुसार सुझाव तथा खबरदारी गर्ने अभ्यासलाई सकारात्मक रूपमा लिन आग्रह गर्नुभयो ।

  • चितवन
  • नारायणगढ
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी

    प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी

  • Post Thumbnail

    निवर्तमान प्रहरी महानिरीक्षक कार्कीद्वारा सर्वोच्चमा रिट पेस

  • मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्ण: महासचिव पोखरेल

    मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्ण: महासचिव पोखरेल

  • सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

    सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पोखरामा सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण

    Post Thumbnail

    हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प

    Post Thumbnail

    पार्टी र सरकारबीच समन्वयको अभाव छैनः सभापति लामिछाने

    Post Thumbnail

    धनतेरस पर्व मनाइँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution