Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञको सुझाव

नेपालका हिमाली तथा पहाडी क्षेत्रमा बढ्दै गएका जल उत्पन्न विपद्, हिमनदी र ताल विस्फोटन बाढी तथा शृङ्खलाबद्ध जोखिमलाई सम्बोधन गर्न प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञहरुले सुझाव दिनुभएको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (४८ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, २० कात्तिकः नेपालका हिमाली तथा पहाडी क्षेत्रमा बढ्दै गएका जल उत्पन्न विपद्, हिमनदी र ताल विस्फोटन बाढी तथा शृङ्खलाबद्ध जोखिमलाई सम्बोधन गर्न प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञहरुले सुझाव दिनुभएको छ ।

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रद्वारा आयोजित ‘जलविज्ञानको प्रगति, उदीयमान चुनौती, नवप्रवर्तन र भावी दिशा’ विषयक उच्चस्तरीय विज्ञ परामर्श कार्यशालाका सहभागी विज्ञले नेपालका हिमाली तथा पहाडी क्षेत्रका नदी तटमा देखिएका शृङ्खलाबद्ध विपद जोखिमलाई सम्बोधन गर्न दिर्घकालीन रणनीतिक कार्ययोजनाको खाँचो औँल्याउनुभयो ।

त्यस अवसरमा भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी तटिय क्षेत्रको बाढी तथा पहिरोका घटनाबाट सिकिएका पाठहरूबारे गहन समीक्षा गरियो ।

कार्यक्रममा जल विज्ञान, हिमनदी विज्ञ, जलवायु परिवर्तन, भूविज्ञान तथा विपद् जोखिम न्यूनीकरण क्षेत्रका वरिष्ठ विज्ञ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वेक्स, जलविज्ञान केन्द्र, नेपाल मौसम विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्च पदाधिकारीका साथै विकास साझेदार संस्थाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

हिमाली क्षेत्रमा तीव्र गतिमा घट्ने हिम ताल विस्फोटन बाढी, पहिरोका कारण ताल फुटेर आउने बाढी, हिमपहिरो, लेदो बहाव र आकस्मिक बाढीले पहाडी जनजीवन, जलविद्युत् आयोजना, सडक पूर्वाधार र तल्लो तटीय बस्तीमा गम्भीर क्षति पु¥याएको घटनाको कार्यक्रममा समीक्षा गरियो ।

कार्यक्रममा विकसित भइरहेका जोखिमले परम्परागत अनुगमन र पूर्वानुमान प्रणालीको सीमालाई उजागर गरेको र अबको रणनीति आधुनिक, विज्ञानमा आधारित र प्रविधि–सञ्चालित हुनुपर्नेमा विज्ञहले जोड दिएको जलविज्ञान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालले बताउनुभयो ।

कार्यक्रममा विशेषज्ञ अङ्किता शाहले हालैका विपद्बाट सिकिएका पाठका आधारमा मन्त्रालयले मुख्य तीन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार एकीकृत डिजिटल प्रणाली, तथ्याङ्क सङ्कलन तथा सूचना आदानप्रदानका लागि रूपरेखा, कार्यविधि र साझा मापदण्ड रहेको छ ।

मन्त्रालयको प्राथमिकतामा जलविज्ञान, मौसम विज्ञान र विपद् व्यवस्थापन लगायतका क्षेत्रलाई समेट्ने गरी एक एकीकृत डिजिटल प्रणालीको विकास गर्ने छ ।

त्यस्तै तथ्याङ्कको व्यवस्थित सङ्कलन, व्यवस्थापन तथा विभिन्न निकायबीच प्रभावकारी सूचना आदानप्रदान सुनिश्चित गर्न संस्थागत ढाँचा निर्माण गर्ने रहेको छ ।

मन्त्रालयले तथ्याङ्कमा सहज पहुँच, पारदर्शिता तथा विभिन्न प्रणालीबीच अन्तरआबद्धता सुनिश्चित गर्न खुला तथ्याङ्बको प्रवर्द्धन, तथ्याङ्क आदानप्रदानसम्बन्धी कार्यविधि र साझा मापदण्डको विकास गर्ने उद्देश्य राखेको विशेषज्ञ शाहले जानकारी गराउनुभयो ।

कार्यक्रममा जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र जलविज्ञानविद्हरूका तर्फबाट तीनवटा कार्यपत्र प्रस्तुत गरियो । जलविज्ञानविद् विनोद पराजुलीले हालैका बाढीकारण, अनुगमनका चुनौती र सिकिएका पाठ तथा जलविज्ञानविद् सुवास तुलाधरले हिमाली क्षेत्रका गतिविधि, हिमनद जोखिम व्यवस्थापनका वर्तमान प्रयास र भावी दृष्टिकोण प्रस्तुत गर्नुभयो ।

जलविज्ञान केन्द्रको तर्फबाट जलवैज्ञानिक अनुगमन, पूर्वानुमान, पूर्वसूचना प्रणाली, जलस्रोत अनुसन्धान, भूजल, लेदो तथा जल गुणस्तर अनुगमनसम्बन्धी भावी रणनीति प्रस्तुत गरिएको थियो ।

ती कार्यपत्रमा विज्ञले आफ्नो धारणा प्रस्तुत गर्दै रिमोट सेन्सिङ, उपग्रह अवलोकन, जमिनमा आधारित सेन्सर, रियल–टाइम टेलिमेट्री, आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ तथा न्युमेरिकल मोडलिङमार्फत एकीकृत जल–मौसम सूचना प्रणालीको विकासमा जोड दिनुभयो ।

कार्यशालामा प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली तथा दिर्घकालीन रणनीतिक कार्ययोजना बनाउने सहमति बनेको थियो । तत्काल अनुगमन र पूर्वानुमान आवश्यक परेका जोखिमयुक्त हिमाली नदी बेसिन र हटस्पटको पहिचान गर्ने, आधुनिक अवलोकन सञ्जाल, टेलिमेट्री र सञ्चार पूर्वाधार विकासका लागि स्पष्ट प्रविधि मार्गचित्र तयार गर्ने सहमति बनेको महानिर्देशक बरालले बताउनुभयो ।

कार्यशाला समापनका अवसरमा जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव नवीनराज सिंहले प्राप्त सुझावलाई समेटेर विस्तृत, एकीकृत र व्यावहारिक कार्ययोजना गर्ने प्रतिबद्धता जनाउनुभयो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • विचारः आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प

    विचारः आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प

  • Post Thumbnail

    बुढीचौरको प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

  • Post Thumbnail

    पोखरामा सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण

  • Post Thumbnail

    हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

    विचारः आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प

    विचारः आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प

    Post Thumbnail

    प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञको सुझाव

    Post Thumbnail

    दैलेख प्रमुख जिल्ला अधिकारी (प्रजिअ)विहीन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution