Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
इलाम

‘आत्मानन्द गोल्डकप’ मङ्सिरमा

१९औँ संस्करणको ‘आत्मानन्द गोल्डकप’ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आगामी मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १६, आईतबार (१ घण्टा अघि)
‘आत्मानन्द गोल्डकप’ मङ्सिरमा

इलाम, १५ कात्तिकः १९औँ संस्करणको ‘आत्मानन्द गोल्डकप’ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आगामी मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७३औँ जन्मोत्सवको अवसरमा हुने उक्त गोल्डकपको तयारी तीब्र पारिएको आज माङसेबुङमा पत्रकार सम्मेलन गरी आयोजक आत्मा–पवित्र खेलकुद समिति अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए । पश्चिमी इलामको माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा हुने सो प्रतियोगितामा नेपाल र भारतका आठ टोलीको सहभागिता रहने अध्यक्ष आङबुहाङले बताए ।

गोल्डकपमा नेपालबाट आयोजक आत्मा–पवित्र खेलकुद समितिसहित डिफेन्डिङ च्याम्पियन सिरिजङ्गा क्लब मोरङ, सैनिक युथ क्लब झापा, लेटाङ फुटबल क्लब मोरङ, तिजोक युवा क्लब पाँचथर, मधेसी युवा क्लब सुनसरी र माडसेबुङ गाउँपालिका सहभागी हुनेछन् । त्यसैगरी पाहुना टोलीको रुपमा भारतबाट युके एफसी कर्साङ सहभागी हुने निश्चित भएको अध्यक्ष आङ्बुहाङले बताए ।

गोल्डकपको फाइनल खेल मङ्सिर १७ गते हुनेछ । विजेताले नगद रु तीन लाख ११ हजार १७३ र उपविजेताले नगद रु दुई लाख ११ हजार १७३ पाउनेछन् । त्यस्तै विधागततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही रु आठ हजार १७३ प्रदान गरिने अध्यक्ष आङबुहाङले बताए ।

प्रतियोगितामा दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिनेछ । स्थायी प्यारापिट नभएका कारण दर्शकलाई बाँसको अस्थायी प्यारापिट निर्माण गर्न लागिएको अध्यक्ष आङ्बुहाङले बताए । “हामीसँग सुविधासम्पन्न खेल मैदान छैन । तर पनि बर्सेनि अन्तरराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्दै आएका छौँ”, अध्यक्ष आङ्बुहाङले भने । धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा फुटबलका साथै म्याराथन, छेलो हान्ने (पक्लुङ), लठ्ठा तान्ने, धनुषकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दोलगायतका खेल समेत सञ्चालन हुने आयोजकले जनाएको छ ।

  • इलाम
  • झापा
  • पाँचथर
  • मोरङ
  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

  • Post Thumbnail

    एनपिएलः जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत

  • Post Thumbnail

    एनपिएलः पोखरा टस जितेर फिल्डिङमा

  • Post Thumbnail

    चौबीस स्वर्ण पदक जितेर सगरमाथा स्वीमिङको अग्रता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चेम्बरद्वारा गोवा सम्मेलनमा अन्तरराष्ट्रिय व्यावसायिक सहकार्य प्रस्ताव

    Post Thumbnail

    खैरो हिरोइनसहित दुई जना पक्राउ

    Post Thumbnail

    देशभर सात हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृत्यु

    आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

    आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution