
काठमाडौँ, १५ कात्तिकः नेपाल चेम्बर अफ कमर्सले ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६’ मा अन्तरराष्ट्रिय व्यावसायिक सहकार्य प्रस्ताव गरेको छ ।
भारतको गोवामा अक्टोबर २९ देखि ३१ सम्म आयोजित सम्मेलनमा चेम्बरले अन्तरराष्ट्रिय व्यावसायिक सहकार्य प्रस्ताव गरेको चेम्बरले जनाएको छ ।
लुम्बिनी चेम्बरका अध्यक्ष टङ्कप्रसाद पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले सम्मेलनका क्रममा नेपाली टोलीले अन्तरराष्ट्रिय व्यावसायिक सञ्जाल विस्तार, पर्यटन प्रवर्द्धन तथा लगानीका सम्भावनाबारे विभिन्न पक्षसँग छलफल गरेको हो ।
गोवाका मुख्यमन्त्री डा प्रमोद सावन्तसँगको भेटवार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलले अन्तरराष्ट्रिय व्यावसायिक सहकार्यसँगै लुम्बिनी–गोवा पर्यटन सर्किट र पोखरा–गोवा पर्यटन साझेदारीको सम्भावनाबारे प्रस्ताव राखेको चेम्बरले जनाएको छ ।
मुख्यमन्त्री डा सावन्तले लुम्बिनी, पोखरालगायतका नेपालका पर्यटकीय क्षेत्र र गोवाबीच पर्यटन साझेदारी अघि बढाउने प्रस्ताव स्वागतयोग्य रहेको उल्लेख गर्नुभएको थियो ।
गोवाको डा श्यामाप्रसाद मुखर्जी इन्डोर स्टेडियममा आयोजित तीनदिने सम्मेलनमा विभिन्न देशका सयौँ अन्तरराष्ट्रिय प्रतिनिधि र व्यावसायी सहभागी थिए । सो अवसरमा चेम्बर प्रतिनिधिमण्डलले विभिन्न देशका व्यवसायी एवं लगानीकर्तालाई नेपालमा लगानीको अवसरबारे जानकारी गराउँदै उद्योग, व्यापार र लगानीका क्षेत्रमा सहकार्य गर्न आग्रह गरेको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |