Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

देशभर सात हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृत्यु

गत वैशाखदेखि आज कात्तिक १५ गतेसम्म देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी ४०२ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता रहेका छन् ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १६, आईतबार (४५ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, १५ कात्तिकः गत वैशाखदेखि आज कात्तिक १५ गतेसम्म देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी ४०२ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता रहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंश, पहिरो, बाढी, चट्याङ, आगलागी, लेक लाग्ने, जनावरको आक्रमण, हिउँपहिरो, हुरीबतास, भारी वर्षा, डुङ्गा पल्टिने, वन डढेलो, विस्फोटन, असिना र भूकम्पलगायतका विपद्का घटना भएका हुन् ।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा पहिरोका एक हजार ७३५, सर्पदंशका एक हजार ६६८, आगलागीका एक हजार ६४१, भारी वर्षाका ५९३, हुरीबतासका ५३७, बाढीका ४६६, जनावरको आक्रमणका ४१७ र चट्याङका ३३३ घटना भएका छन् ।

त्यस्तै वन डढेलोका १९२, लेक लाग्नेका ७९, हिउँपहिरोका छ, भूकम्पका नौ, असिनाका चार, डुङ्गा पल्टिनेका दुई, विस्फोटनको एक र अन्य पाँच घटना भएका छन् ।

प्राधिकरणका अनुसार विपद्का घटनामा परी सर्पदंशबाट ११६, पहिरोबाट ७७, बाढीबाट ४१, चट्याङबाट ३६, आगलागीबाट ३२, लेक लागेर २७, जनावरको आक्रमणबाट २३, हिउँपहिरोबाट १९, हुरीबतासबाट १६, भारी वर्षाबाट सात, डुङ्गा पल्टिएर पाँच, वन डढेलोबाट एक, विस्फोटनबाट एक र अन्य घटनामा पाँच जनाको मृत्यु भएको छ ।

विपद्का घटनामा परी हालसम्म दुई हजार ५२९ जना घाइते भएका छन् भने नौ हजार ८५७ परिवार विस्थापित भएका प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । यसैगरी भदौ १० गतेको रसुवाको भोटेकोशीको बाढीको विस्तृत क्षति विवरण प्रणालीमा समाविष्ट गर्न बाँकी रहेकाले यो तथ्याङ्कमा उल्लेख नगरिएको प्राधिकरणले जनाएको छ ।

  • काठमाडौँ
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • Post Thumbnail

    खैरो हिरोइनसहित दुई जना पक्राउ

  • आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

    आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

  • Post Thumbnail

    दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

  • वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने दुई जना पक्राउ

    वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने दुई जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आर्थिक अनियमिततामा संलग्नलाई छुट हुँदैनः प्रमुख काफ्ले

    Post Thumbnail

    चेम्बरद्वारा गोवा सम्मेलनमा अन्तरराष्ट्रिय व्यावसायिक सहकार्य प्रस्ताव

    Post Thumbnail

    खैरो हिरोइनसहित दुई जना पक्राउ

    Post Thumbnail

    देशभर सात हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution