Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।
रासस १०२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १६, आईतबार (४९ मिनेट अघि)
आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

दमौली (तनहुँ), १५ कात्तिकः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।

मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको बा४ख ८४१९ नम्बरको माइक्रो चालकले नियन्त्रण गुमाउँदा डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ निवासी ३७ वर्षीय चालक भद्रबहादुर शाह, कास्कीको पोखरा महानगरपालिका–७ बस्ने ६३ वर्षीया राधादेवी बराल, ७३ वर्षीय लीलाधर बराल घाइते हुनुभएको छ ।

यस्तै, पर्साको सखुवा पर्सौनी बस्ने ३५ वर्षीया सपना चौधरी, कास्कीको पोखरा महानगरपालिका–१३ बस्ने ७३ वर्षीया चुनकुमारी गुरुङ, ४९ वर्षीया राधा गुरुङ, ३७ वर्षीय राजकुमार श्रेष्ठ, बागलुङको बडीगाड–७ बस्ने २५ वर्षीय विपिना विक, महोत्तरी बलवा नगरपालिका–७ बस्ने ३६ वर्षीय रुपेश मिश्र घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यस्तै तनहुँको व्यास नगरपालिका–१ बस्ने २३ वर्षीय विकास ठकुरी, बन्दीपुर गाउँपालिका–२ बस्ने २८ वर्षीया सृजना अछामी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

  • कास्की
  • तनहुँ
  • दमौली
  • पर्सा
  • महोत्तरी
  • स्याङ्जा
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • Post Thumbnail

    खैरो हिरोइनसहित दुई जना पक्राउ

  • Post Thumbnail

    देशभर सात हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृत्यु

  • Post Thumbnail

    दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

  • वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने दुई जना पक्राउ

    वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने दुई जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चेम्बरद्वारा गोवा सम्मेलनमा अन्तरराष्ट्रिय व्यावसायिक सहकार्य प्रस्ताव

    Post Thumbnail

    खैरो हिरोइनसहित दुई जना पक्राउ

    Post Thumbnail

    देशभर सात हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृत्यु

    आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

    आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution