Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
पाल्पा

राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा गाउँपालिका–का सुमित बाह्रघरेका लागि एक दिन अप्रत्याशित खुसीको खबर आयो ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १६, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

पाल्पा, १५ कात्तिकः राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा गाउँपालिका–का सुमित बाह्रघरेका लागि एक दिन अप्रत्याशित खुसीको खबर आयो । उहाँको घरमा अचानक हुलाकका कर्मचारी आइपुगे । उनीहरूको हातमा थियो, बाह्रघरेकै राहदानी । घरमै आमाबुवासँग बसेर राहदानी लिन एक–दुई दिनभित्रै जिल्ला प्रशासन कार्यालय जाने सल्लाह भइरहेको थियो । तर सदरमुकाम पुग्नुपर्ने झन्झट नहुँदै राहदानी घरकै दैलोमा आइपुगेपछि बाह्रघरे दङ्ग पर्नुभयो ।

“पासपोर्ट लिन जिल्ला प्रशासन जाने सल्लाह हुँदै थियो”, उहाँले भन्नुभयो, “हुलाकका कर्मचारीले घरमै ल्याइदिनुभयो ।” राहदानी लिन कार्यालयसम्म पुग्नै नपरी घरमै प्राप्त गर्न सकिन्छ भन्ने आफूले कल्पनासमेत नगरेको बाह्रघरेको भनाइ छ । सरकारी सेवा घरदैलोमै आइपुग्दा उहाँका लागि यो राहदानी प्राप्त गर्ने सहज माध्यम मात्र बनेन, राज्यबाट सेवा लिन नागरिकले भोग्दै आएको झन्झट कम भएको अनुभूति पनि बन्यो ।

माथागढी गाउँपालिकाका– ६ का लेखबहादुर गाहाको अनुभव पनि उस्तै छ । घरमै राहदानी पाएपछि उहाँ फुरुङ्ग हुनुहुन्छ । घरमै राहदानी प्राप्त गर्दा समय र खर्च दुवै बचत भएको गाहाको भनाइ छ ।

“पहिले राहदानी लिन तानसेनमै पुग्नुपर्ने चिन्ता थियो । अहिले घरमै आएपछि निकै सजिलो भयो”, गाहाले भन्नुभयो, “सरकारी सेवा यसरी घरदैलोमै पुग्दा हामीजस्ता टाढाका नागरिकलाई ठूलो राहत भएको छ ।”

राहदानी बनाउन जिल्ला सदरमुकाम वा सम्बन्धित कार्यालयसम्म पुग्नुपर्ने बाध्यताका कारण ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकले थप समय र पैसा खर्च गर्नुपर्ने अवस्था थियो। घरमै राहदानी वितरण हुन थालेपछि उक्त समस्या केही हदसम्म कम भएको उहाँले सुनाउनुभयो ।

सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पु¥याउने सेवाले बाह्रघरे र गाहा जस्ता धेरैलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालयमार्फत घरघरमा पु¥याउन थालेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबिच गत वैशाखमा भएको सम्झौतापछि राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गर्न थालिएको हुुलाक कार्यालयका प्रमुख अर्जुन चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयबाट घरदैलोमा नै राहदानी बुझ्ने दर्ता फाराम भरेका सेवाग्राहीको राहदानी जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गरी सम्बन्धित सेवाग्राहीलाई डेलिभरी कार्यको सुरुआत गरेका छौँ ।” यस सेवाबाट जिल्ला सदरमुकामबाट टाढा रहेका सेवाग्राहीले राहदानी लिनका लागि सदरमुकामसम्म आउनुपर्ने झन्झटबाट मुक्ति मिलेको र समय तथा स्रोतको बचत पनि भएको उहाँको भनाइ छ ।

हालसम्म आयात भएका राहदानीमध्ये पाँच वटा सेवाग्राहीको घरमै पुगेर वितरण गरिसकिएको हुलाक कार्यालयका सूचना अधिकारी टङ्क भण्डारीले बताउनुभयो । उहाँका अनुसार माथागढीका दुई जना, रम्भा, रैनादेवी छहरा र तानसेनका एक÷एक जना सेवाग्राहीलाई घरमै गएर राहदानी वितरण गरिएको हो । घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्कस्वरूप रु ५५ बराबरको टिकट खर्च व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । राहदानी बनाउने प्रक्रिया पूरा गरेपछि त्यसलाई लिन जिल्ला सदरमुकाम वा सम्बन्धित कार्यालयसम्म पुग्नुपर्ने बाध्यता लामो समयदेखि सेवाग्राहीले भोग्दै आएका थिए ।

विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकका लागि एउटा राहदानी लिनकै लागि सदरमुकामसम्म पुग्नु समय र खर्च दुवैका हिसाबले बोझिलो बन्ने गरेको थियो । सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत अघि बढाएको हुलाकमार्फत राहदानी घरमै पु¥याउने सेवाले नागरिकको यही बाध्यता कम गर्न थालेको छ । सेवा विस्तार र प्रभावकारी कार्यान्वयन हुनसकेमा ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकका लागि यो व्यवस्था उपयोगी बन्ने देखिन्छ ।

  • पाल्पा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बालक घाइते भएको घटनाको निष्पक्ष छानबिन गर्न सिजपको माग

  • Post Thumbnail

    पोलियो पूर्ण उन्मूलन गर्ने उद्देश्यले वीरगञ्जमा जनचेतनामूलक र्‍याली

  • Post Thumbnail

    कर्णालीले पदक जित्ने तयारी गरोस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

  • Post Thumbnail

    पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    देशभर सात हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृत्यु

    आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

    आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

    Post Thumbnail

    1xbet Download App Store Guide: Install, Register, Claim Bonus & Troubleshoot

    Post Thumbnail

    Guide complet du bonus 1xbet. com : exigences de mise, conditions et astuces

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution