
झापा, १३ कात्तिक : सरकारले निर्माणाधीन दमक–चिसापानी सडकको माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको पुरानो ठेक्का अन्त्य गरेर नयाँ ठेक्का स्वीकृत गरेको छ ।झापाको दमकदेखि इलामको माङ्सेबुङ हुँदै पाँचथरको रबिसम्म जोड्ने सडकको २५.५ किलोमिटर खण्डको निर्माण कार्यमा पुरानो निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि सरकारले ठेक्का अन्त्य गरेर नयाँ बोलपत्र आह्वान गरेको थियो ।
नयाँ ठेक्का स्वीकृत गर्ने आशयको सूचना गत बुधवार प्रकाशित गरिसकेको सडक डिभिजन कार्यालय दमकका प्रमुख ईन्जिनयर श्यामकुमार यादवले बताउनुभयो । निर्माण हुने सडकको खण्ड इलाम र पाँचथरमा पर्दछ ।
सडक डिभिजन कार्यालय दमकले एमएस महालक्ष्मी–जय धनञ्जय जेभी काठमाडौंबाट कबोल भएको रु. एक अर्ब २२ करोड ७९ लाख ४४ हजार ८७२ रकममा नयाँ ठेक्का स्वीकृत गरेको जनाएको छ । “नयाँ ठेक्का अन्तर्गत निर्माण व्यवसायीको छनौट भएको छ,” डिभिजन प्रमुख यादवले भन्नुभयो– “सात दिनको म्याद दिएर ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेका छौं । जम्मा १९ वटा ठेक्का परेका थिए ।”
नयाँ प्रक्रिया अघि बढेपछि अब छिटै निर्माण व्यवसायीसँग ठेक्काको औपचारिक सम्झौता हुने र तीन वर्षभित्र सडकको कालोपत्रे कार्य सम्पन्न हुने गरी निर्माणलाई अघि बढाइने उहाँले बताउनुभयो । लामो समयदेखि अलपत्र सडकलाई कालोपत्रेमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाउइने भएपछि झापा र इलामको पश्चिमी क्षेत्रका बासिन्दा लाभान्वित हुने भएका छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |