Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

एनपिएल क्रिकेटः कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ अन्तर्गत आज भएको खेलमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई चार विकेटले पराजित गर्दै जित हासिल गरेको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १२ कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ अन्तर्गत आज भएको खेलमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई चार विकेटले पराजित गर्दै जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

कर्णालीको जितमा कप्तान सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६२ रनको योगदान दिए । उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । त्यस्तै पवन शर्राफले ३६,अरिफुल इस्लमकले ३२, गुल्सन झाले २८ तथा दिपक डुम्रेले २० रन बनाए । बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युजले तीन विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र प्रतिश जिसीले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको कर्णालीविरुद्ध विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८६ रनको योगफल बनाएको थियो । विराटनगरका लागि लोकश बमले सर्वाधिक ८७ रनको योगदान दिए । उनले ५२ बलमा तीन चौका र नौ छक्का प्रहार गर्दै ८७ रनको योगदान गरेका हुन् ।

यसैगरी आन्द्रे रसेलले १५ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै २७ रन जोडे भने एन्जेलो म्याथ्युजले २३ बलमा चार चौकाको सहायाताले ३१ रन बनाए । बासिर अहमदले सात बलमा १३ रन बनाए । शेहान जयसूर्याले ११ रनको योगदान दिए ।

बलिङतर्फ कर्णाली याक्सका कप्तान सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए । मार्क वाट र नन्दन यादवले समान एक/एक विकेट लिएका थिए ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    भद्रपुरमा हुने अन्तरराष्ट्रियस्तरको हक्की प्रतियोगिताको तयारी पूरा

  • Post Thumbnail

    पन्ध्र वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

  • Post Thumbnail

    पोखरामा कात्तिक १४ गतेदेखि राष्ट्रिय सेपाक ताक्रो च्याम्पियनसिप

  • Post Thumbnail

    एनपिएलः विराटनगरद्वारा कर्णालीलाई १८७ रनको लक्ष्य

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    प्रहरीको ‘स्वीप अपरेसन’

    Post Thumbnail

    दुई अर्ब बढीको क्रिप्टो कारोबारी पक्राउ

    Post Thumbnail

    अपुष्ट सूचना र अनुमानका आधारमा निष्कर्षमा पुग्नु हुँदैनः बार

    मन्त्री चौधरीसँग युएनडिपीका प्रतिनिधि चेभिलार्डको भेट

    मन्त्री चौधरीसँग युएनडिपीका प्रतिनिधि चेभिलार्डको भेट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution