Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

पन्ध्र वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

पन्ध्र वर्षपछि तनहुँको व्यास नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा दमौलीमा इलेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।
रासस ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

दमौली (तनहुँ), १२ कात्तिकः पन्ध्र वर्षपछि तनहुँको व्यास नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा दमौलीमा इलेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रबारदेखि व्यास नगरपालिका-३ स्थित बिपी वनवाटिकामा वडास्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

प्रतियोगितामा नगरपालिकाका १४ वडाको सहभागिता रहनेछ । प्रतियोगितामा सम्बन्धित वडाभित्रकै खेलाडीले सहभागिता जनाउनुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामार्फत स्थानीय खेलाडीको प्रतिभा पहिचान, खेलकुदको विकास तथा वडास्तरमा खेलप्रतिको आकर्षण बढाउने लक्ष्य राखिएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु एक लाख, द्वितीय हुने टोलीले रु ७५ हजार र तृतीय हुने टोलीले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कृत गरिनेछ ।

व्यास नगरपालिका–३ का वडाध्यक्ष एवं नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङले व्यवस्थित खेलमैदानको अभावका कारण इलेभेन ए साइड फुटबल प्रतियोगिता हुन नसकिरहेको सन्दर्भमा बिपी वनवाटिकास्थित खेलमैदान व्यवस्थित हुने चरणमा रहेको जनाउँदै १५ वर्षपछि इलेभेन ए साइड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न विधाका खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । खेलकुदको विकासका लागि वडास्तरमा समेत पूर्वाधार निर्माणका काम भइरहेको उहाँको भनाइ छ । दमौलीमा खेलमैदानको अभावलाई सम्बोधन गर्न सङ्घीय सरकारको सहयोगमा खेलमैदान स्तरोन्नतिको कामसमेत अघि बढाइएको प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

वडास्तरीय प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नुका साथै दमौलीमा फुटबल खेलको विकास र खेलकुद गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    भद्रपुरमा हुने अन्तरराष्ट्रियस्तरको हक्की प्रतियोगिताको तयारी पूरा

  • Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

  • Post Thumbnail

    पोखरामा कात्तिक १४ गतेदेखि राष्ट्रिय सेपाक ताक्रो च्याम्पियनसिप

  • Post Thumbnail

    एनपिएलः विराटनगरद्वारा कर्णालीलाई १८७ रनको लक्ष्य

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भद्रपुरमा हुने अन्तरराष्ट्रियस्तरको हक्की प्रतियोगिताको तयारी पूरा

    Post Thumbnail

    विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी

    Post Thumbnail

    जाडो सुरु भएसँगै डेङ्गी सङ्क्रमण घट्यो

    Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution