
काठमाडौँ, १२ कात्तिकः नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश र न्यायाधीशलाई जोडेर अपुष्ट सूचना र अनुमानका आधारमा समाचार सम्प्रेषण भएकाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा आमसञ्चारमाध्यम, राजनीतिक दल, कानुन व्यवसायी तथा आमनागरिकलाई अपुष्ट सूचना र अनुमानका आधारमा निष्कर्षमा पुग्नुभन्दा प्रमाण, विधिको शासन र प्रक्रियालाई सम्मान गर्न अनुरोध गरिएको छ ।
“सम्बन्धित सबै सम्बद्ध निकायलाई सार्वजनिक भएका विषयको निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र समयबद्ध छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्छ”, विज्ञप्तिमा भनिएको छ, “कानुनविपरीत कार्य भएको प्रमाणित भएमा सम्बन्धित व्यक्तिको पद वा हैसियतको पर्वाह नगरी कानुनबमोजिम आवश्यक कारबाही गर्न तथा आरोप प्रमाणित नभएको अवस्थामा सम्बन्धित व्यक्तिको प्रतिष्ठा र संस्थागत मर्यादाको संरक्षण हुनेगरी स्पष्टता प्रदान गर्न आग्रह गर्दछ ।”
बारले संवेदनशील विषयमा सत्यतथ्य, निष्पक्ष, विश्वसनीय र पारदर्शी प्रक्रियाबाट छानबिन हुन आवश्यक भएको उल्लेख गरेको छ ।
न्यायपालिकासँग सम्बन्धित अतिसंवेदनशील समाचारसँग सम्बन्धित पदीय व्यक्तित्वले आ–आफ्नो आचारसंहितामा रहन आवश्यक रहेको तथा उच्चपदस्थ पदाधिकारीले उच्च नैतिकता प्रदर्शन गर्न अपरिहार्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |