Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

पोखरामा कात्तिक १४ गतेदेखि राष्ट्रिय सेपाक ताक्रो च्याम्पियनसिप

पोखरा रङ्गशालामा यही कात्तिक १४ गतेदेखि १७ गतेसम्म राष्ट्रिय सेपाक ताक्रो च्याम्पियनसिप हुने भएको छ । उक्त प्रतियोगितामा सात वटै प्रदेश र विभागीय टोली नेपाली सेनाको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय सेपाक ताक्रो सङ्घका केन्द्रीय अध्यक्ष नेत्रप्रसाद गुरुङले जानकारी दिनुभयो ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

कास्की, १२ कात्तिकः पोखरा रङ्गशालामा यही कात्तिक १४ गतेदेखि १७ गतेसम्म राष्ट्रिय सेपाक ताक्रो च्याम्पियनसिप हुने भएको छ । उक्त प्रतियोगितामा सात वटै प्रदेश र विभागीय टोली नेपाली सेनाको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय सेपाक ताक्रो सङ्घका केन्द्रीय अध्यक्ष नेत्रप्रसाद गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा पुुरुषतर्फ टिम रेगु, रेगु, क्वाड, डबल र टिम इभेन्टका खेलहरू सञ्चालन हुनेछन् भने महिलातर्फ रेगु र क्वार्ड विधामा खेलाइनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले रु ५० हजार, द्वितीय र तृतीय हुने टोलीले रु ४० हजार रु ३० हजारसहित ट्रफी र मेडल पुरस्कार पाउनेछन् । नेपालमा विसं २०५८ देखि यो खेल खेल्न सुरु गरिएको हो ।

प्रतियोगिताले आसन्न १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई सहयोग पुग्ने र समक्ष खेलाडी उत्पादन हुने अध्यक्ष गुरुङले बताउनुभयो । “राष्ट्रिय खेलकुदको तयारीका लागि नै यो प्रतियोगिता गरेका हौँ । यसबाट सहभागी टोलीले आफ्नो खेलाडीको प्रदर्शन मूल्याङ्कन गरी सुधार र खेल क्षमता विकासमा सहयोग पुग्ने विश्वास छ”, उहाँले भन्नुभयो । प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धन, प्रदेशमा राष्ट्रिय खेलाडी उत्पादन र राष्ट्रिय खेलाडीका बीचमा पारस्परिक सम्बन्ध कायम गर्न सहयोग पुग्ने अध्यक्ष गुरुङले बताउनुभयो ।

गण्डकी प्रदेश सेपाक ताक्रो सङ्घका अध्यक्ष श्यामबहादुर श्रेष्ठले नयाँ खेलका रूपमा विकसित भई विश्वभरी आकर्षक र माग बढ्दै गएको यो खेल गण्डकी प्रदेशमा पनि विकासको चरणमा रहेको बताउनुभयो । उहाँका अनुसार गण्डकीको नवलपरासीमा विशेषगरी यो खेल बढी खेल्ने गरिन्छ ।

पोखरामा सम्पन्न भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा यस खेलमा पुरुषतर्फ दुई इभेन्टमा कास्य पदक र महिलातर्फ दुई खेल इभेन्टमा कास्य र रजत पदक प्राप्त गर्न सफल भएको श्रेष्ठले जानकारी दिनुभयो । “पोखरामा राष्ट्रिय च्याम्पियनसिपको आयोजनाले युवा खेलाडीलाई खेल्ने अवसर मिल्नुका साथै स्थानीय, जिल्ला तथा प्रदेशस्तरीय खेलाडी तथा खेलप्रेमीलाई प्रतिस्पर्धात्मक खेलमा रुची बढाउने छ”, उहाँले भन्नुभयो ।

नेपाल सेपाक ताक्रो सङ्घले बर्सेनि देशका विभिन्न स्थानमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ । सेपाकताक्रो खेल फुटबल, भलिबल र जिम्नाष्टिक खेलको मिश्रित खेल हो । थोरै खेलाडी तथा सानो ठाउँमा खेलिने र बलमा हावा पनि नरहेको प्लाष्टिक सिन्थेटिकबाट बनेको हुनाले उफ्रेर टाढा नजाने भएकाले नेपालजस्तो भूधरातलीय विकटता भएको स्थानमा प्रभावकारी हुने सङ्घले जनाएको छ ।

  • कास्की
  • नवलपरासी
  • नेपाली सेना
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

  • Post Thumbnail

    पन्ध्र वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

  • Post Thumbnail

    एनपिएलः विराटनगरद्वारा कर्णालीलाई १८७ रनको लक्ष्य

  • एनपिएल तेस्रो संस्करणः सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

    एनपिएल तेस्रो संस्करणः सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी

    Post Thumbnail

    जाडो सुरु भएसँगै डेङ्गी सङ्क्रमण घट्यो

    Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

    Post Thumbnail

    पन्ध्र वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution