
काठमाडौँ, १२ कात्तिकः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का प्रतिनिधि जुलियन चेभिलार्ड (फ्रान्स)ले भेट गर्नुभएको छ ।
आज भएको भेटमा उहाँहरूबीच जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनासकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब) सहयोग गर्ने निर्णय गरेको छ ।
सो अवसरमा आसन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१)मा नेपालको प्रभावकारी सहभागिता सुनिश्चित गर्न तथा नेपालको प्याभिलियन व्यवस्थापनमा सहयोगबारे छलफल भएको छ ।
भेटमा कोप–३१ को तयारी तथा कोषबाट उपलब्ध हुने भनिएको रकम प्राप्त गर्ने प्रक्रिया र त्यसका लागि आवश्यक पहलका बारेमा छलफल भएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |