
भक्तपुर, १२ कात्तिकः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आजदेखि भक्तपुरको दरबार स्क्वायरमा सुरु भएको तीनदिने ‘रोटरी पुस्तक प्रदर्शनी-२०८३’ को उद्घाटन गर्नुभएको छ । रोटरी क्लब अफ भक्तपुरले पुस्तक तथा पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि आयोजना सुरु गरेको प्रर्दशनी यही कात्तिक १४ गतेसम्म सचालन हुनेछ ।
बिजुक्छेले अहिलेको युवा पुस्तामा पठन संस्कृतिको विकास गर्नु अत्यावश्यक रहेको बताउँदै राजनीतिक शास्त्रतर्फ पनि विद्यार्थी र युवा पुस्ताको अध्ययन आवश्यक रहेको बताउनुभयो ।
रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष दशरथ प्रजापतिले प्रदर्शनीमा साहित्य, कला, संस्कृति र बौद्धिक विमर्शसँग सम्बन्धित विभिन्न पुस्तक प्रदर्शनी गर्नुका साथै त्यसबारेमा गतिविधि सञ्चालन गरिने बताउनुभयो ।
कार्यक्रममा पुस्तक विमोचन तथा लेखक भेटघाट, जिल्लाव्यापी अन्तरविद्यालय चित्रकला प्रतियोगिता, ‘ख्वप गजल’ कार्यक्रम तथा ‘भक्तपुर हिजो, आज र भोलि’ विषयक प्यानल छलफल गर्ने, भक्तपुरको मौलिकता, सम्पदा, संस्कृति र विकासका सवालमा छलफल गर्ने उहाँले बताउनुभयो ।
प्रदर्शनीलाई पुस्तकप्रेमी, विद्यार्थी, लेखक, साहित्यकार तथा सिर्जनात्मक क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूका लागि साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
पुस्तक विमोचन तथा लेखक भेटघाट कार्यक्रमले पाठक र सर्जकबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गर्ने र यसबाट पाठकले लेखकका विचार, सिर्जना र लेखन यात्राबारे जानकारी लिन सक्ने उहाँले बताउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |